पोखरा फाइनान्सले २१ वर्ष प्रवेशको अवसरमा स्मार्ट मोबाइल बैंकिङ थाल्यो, शाखा पनि बिस्तार

बिजमाण्डू
२०७४ चैत्र ४ गते १२:३२ | Mar 18, 2018

काठमाडौं। पोखराको लेखनाथ महानगरपालिका न्यूरोडमा  प्रधान कार्यालय रहेको पोखरा फाइनान्स २१औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा संस्थाले प्रधान कार्यालयको प्राङ्गडमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ।
२१ वर्षमा प्रवेशकै अवसर पारेर फाइनान्सले स्मार्ट मोबाइल बैंकिङ सेवा समेत थालनी गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।

Tata
GBIME
Nepal Life

संस्थाले वित्तीय साक्षरता एवं सफा नोट अभियानमा जागरुकताका लागि प्रभातफेरीको समेत आयोजना गरेको जनाएको छ।

उत्कृष्ट कर्मचारीलाई सम्मान तथा लामो समय काम गरेका कर्मचारीलाई दीर्घसेवा पदक समेत दिइएको प्रेस बिज्ञप्तीमा जनाइएको छ।

चुक्ता पुँजी ८० करोड पुर्याउनकालागि फाइनान्सले हालै १५ प्रतिशत हकप्रद समेत निष्कासन गरिसकेको छ। यसैगरी फाइनान्सले भैरहवा एवं वेंसीशहरमा शाखा विस्तार गरेको र छिट्टै नारायणगढमा समेत शाखा विस्तार गरिने प्रेस बिज्ञप्तीमा उल्लेख छ।