सेञ्चुरी बैंकले नियुक्त गर्यो तुलसीराम गौतमलाई सिइओ, चार बर्षे कार्यकाल, ३४ बर्षको बैंकिङ अनुभव

बिजमाण्डू
२०७४ चैत्र १ गते ११:२७ | Mar 15, 2018
सेञ्चुरी बैंकले नियुक्त गर्यो तुलसीराम गौतमलाई सिइओ, चार बर्षे कार्यकाल, ३४ बर्षको बैंकिङ अनुभव
काठमाडौं। करिव डेढ बर्षको बिश्रामपछि तुलसीराम गौतम फेरि बैंकिङ क्षेत्रमा फर्किएका छन्। सेञ्चुरी कमर्सियल बैंकले नयाँ बर्षदेखि लागू हुने गरि गौतमलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।


 
गौतम चार बर्ष माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए। त्यसपछि उनी दुई बर्षभन्दा केही बढि समय खाली रहे। सेञ्चुरी बैंकले बैशाख १९ गतेबाट लागू हुने गरि उनलाई प्रमुख कार्यकारी बनाएको हो।
 
यसअघि बैंकले अनिल शाहलाई प्रमुख कार्यकारी नियुक्त गरेको थियो। तर शाह बैंक हाजिर नभइ नियुक्ति खारेज गरिएको थियो। बैंक र शाहबीच तलव सुविधामा कुरा नमिलेको चर्चा चलेको थियो। तर शाहले नबिल बैंकको जागिर पाएपछि सेञ्चुरी बैंकको करार तोडेको पनि आरोप लाग्ने गरेको छ। 
 
अर्थशास्त्रमा स्नातक गौतम मार्केटिङ र फाइनान्समा एमबीएसमेत गरेका छन्। उनीसँग १० वर्ष नेपाल एसबिआइ बैंकमा काम गरेको अनुभव छ। ३६ वर्षअघि नेपाल बैंकबाट सेवा सुरु गरेका उनले तत्कालिन नेपाल इन्डोसेज बैंक छाडेर एसबिआइ गएका थिए। एसबिआइबाट माछुपुच्छ्रे बैंक गएका थिए।
 
लामो कसरतपछि सेञ्चुरीले प्रमुख कार्यकारी नियुक्त गरेको हो। माछापुच्छ्रे छाडेपछि डेढ बर्ष खाली भएका उनी तीन महिना अघि मात्र इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। 

Tata
GBIME
Nepal Life

सेञ्चुरीले सिइओ पाए पनि केही बैंकमा ब्यवस्थापन नेतृत्वको पद अझै खाली छ। माछापुच्छ्रे, एनआइसी एसिया, मेगा, नबिल बैंक प्रमुख कार्यकारी अधिकृत बिहीन छन्। प्रमुख कार्यकारी रिक्त भएको तीन महिनाभित्र नियुक्त गरिसक्नु पर्ने नियामकीय प्रावधान छ।