पंजाब नेशनल बैंक घोटाला काण्डपछि आरबिआइको कडाई, बैंकहरुले एलओयू र एलओसी जारी गर्न नपाउने

बिजमाण्डू
२०७४ फागुन ३० गते १२:४९ | Mar 14, 2018

भारतको केन्द्रीय बैंकले लेटर अफ अन्डरटेकिङ (एलओयू) तथा लेटर अफ कम्फर्ट (एलओसी) जस्ता आयातका लागि जारी गरिने ब्यापार कर्जाको ग्यारेन्टीपत्र जारी गर्न रोक लगाएको छ। गत मंगलबार आरबीआइले एलओयू तथा एलओसीमा रोक लगाउँदै यो निर्णय भारतका सबै बैंकहरुलाई तत्काल लागू  गर्न समेत  भनेको छ।
एक महिनाअघि हिरा ब्यापारी निरब मोदीले एलओयूको प्रयोग गरी पंजाब नेशनल बैंकबाट २ अर्ब डलर ठगेको घटना सार्वनजिक भएको थियो। यसै घटनापछि आरबिआइले कडाइकासाथ यो निर्णय लिएको जनाएको छ।

Tata
GBIME
Nepal Life

भारतमा आयात गर्नका लागि बिदेशमा किन्ने सामानहरु पेमेन्ट गर्नकालागि एलओयू प्रयोग हुने गरेको थियो।

हिरा ब्यापारी मोदीले आफ्नो लिमिटभन्दा धेरै बढीको एलओयू प्रयोग गरी पंजाब नेशनल बैंकको १२,७०० करोड भारतीय रुपैयाँ घोटाला गरेका थिए। यो निर्णयले बैंकहरुलाई सुरक्षित बन्न सघाउने बताइएको छ।

आरबीआइले आयातका लागि लेटर अफ क्रेडिट तथा बैंक ग्यारेन्टीमार्फत बैंकबाट ऋण लिन सक्ने बाटो भने खुला राखेको छ।

आरबीआइले आयातकर्ताकालागि यो बिकल्प भने खुला नै राखेपनि यो लामो समय पैसा होल्ड हुने कर्पोरेट हाउसहरुकालागि भने असहज  हुने बताइएको छ।

लेटर अफ क्रेडिटको प्रचलन विश्वका अधिकांश देशहरुमा रहेको छ । यसलाई विश्वसनिय समेत मानिन्छ। एलओयू मार्फत हुने कारोबारबारे बैंकहरुलाई जानकारी नहुने भएपनि एलओसीमार्फत हुने लेनदेनबारे बैंकहरुलाई जानकारी हुने गर्छ।