विकास बैंक संघको निर्णय: पूर्वसहमति अनुसार ब्याज ११% मा झार्न एनआइसीसँग आग्रह गरिने

बिजमाण्डू
२०७४ फागुन २७ गते १६:५३ | Mar 11, 2018
विकास बैंक संघको निर्णय: पूर्वसहमति अनुसार ब्याज ११% मा झार्न एनआइसीसँग आग्रह गरिने
काठमाडौं। बैंकर्स संघसँग गरेको सहमति अनुसार ब्याज दर कायम गर्न एनआइसी एसिया बैंकलाई विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसनले आग्रह गर्ने भएको छ।
 
एशोसिएसनको आइतबार दिउँसो बसेको बैठकले तत्कालै ब्याज दर पुनरावलोकन गर्न आग्रह गर्न निर्णय गरेको हो। बाणिज्य बैंकको ११ प्रतिशत ब्याज दर कायम हुँदा विकास बैंकको साढे ११ र फाइनान्स कम्पनीको १२ प्रतिशतभन्दा बढि ब्याज नदिने सहमति भएको थियो।
 
एनआइसी एसियाले १२ प्रतिशत ब्याज दिएपछि विकास बैंक र फाइनान्स कम्पनीको पनि निक्षेप खोसिने अवस्था आएको भन्दै एशोसिएसनले बैंक ब्यवस्थापनलाई भेटेर सहमति अनुशारको ब्याज तत्काल कायम गर्न आग्रह गर्ने भएको हो।
 
'विकास बैंकहरुको करिव सात अर्ब रुपैयाँ जति एनआइसी एसिया बैंकमा निक्षेप रहेछ' वैठकपछि एक प्रमुख कार्यकारी अधिकृतले भने, 'हाम्रो आग्रह ११ प्रतिशतमा ब्याज झार्न भन्ने हुने छ। नझार्ने हो भने हामी आफ्नो पैसा झिक्न बाध्य हुन्छौं।' वैठकमा काठमाडौंमा भएका अधिकांश विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरु उपस्थित थिए।
 
संघका प्रतिनिधिहरुले आजै वा भोलि विहानसम्म एनआइसी एसियाको ब्यवस्थापनसँग भेटेर आज भएको निर्णयका बारेमा जानकारी गराउने तयारी गरेको छ।

Tata
GBIME
Nepal Life