नयाँ जीवन बीमा कम्पनी पनि मालामाल, सात कम्पनीको मुनाफा मनग्ये, युनियन सबै भन्दा एग्रेसिभ

बिजमाण्डू
२०७४ माघ २९ गते १४:११ | Feb 12, 2018

काठमाडौं।नयाँ जीवन बीमा कम्पनीले राम्रो नाफा आर्जन गरेका छन्।बीमा समितिबाट अनुमति पाएका ९ मध्ये सात जीवन बीमा कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार सबैले राम्रो नाफा कमाएका छन्।

Tata
GBIME
Nepal Life
कम्पनीको नाम बीमा शुल्क आर्जन बीमा लेख खुद नाफा
युनियन लाइफ 254300000 22179 54800000
रिलायबल नेपाल 92700000 20806 63100000
सिटिजन लाइफ 76100000 15057 51400000
ज्योति लाइफ 30200000 682 80200000
प्रभु लाइफ 11900000   37200000
रिलायन्स लाइफ 6422000 201 65400000
सानिमा लाइफ 1632000 25 36000000
जम्मा 473254000 58950 388100000

नाफामा बीमा शुल्क आर्जन भन्दा ब्याज आम्दानीको योगदान बढी छ।सिटिजन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, ज्योती लाइफ इन्स्योरेन्सले, युनियन लाइफ इन्स्योरेन्स र  प्रभु लाइफ इन्स्योरेन्सले वित्तिय विवरण सार्वजनिक गरेका छन्। आइएमइ लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सले वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ।

वित्तीय विवरण सार्वजनिक गर्नेहरु मध्येमा सबै भन्दा धेरै एग्रेसिभ युनियन लाइफ देखिएको छ। नाफा कम देखिएपनि कम्पनीको विजनेस सबै भन्दा धेरै छ। भने बीमा शुल्क आर्जन पनि धेरै छ। 

सिटिजन लाइफ
सिटिजन लाइफले संचालनमा आएको छ महिनामा ५ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले यही अवधिमा १५ हजार ५७ वटा बीमालेख बिक्री गरि ७ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ।

सानिमा लाइफ
सानिमा लाइफले जीवन बीमा व्यवसायको पहिलो त्रैमासिक विवरण अनुसार ३ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ।

कम्पनीले मंसिर २२ गतेदेखि औपचारिक रुपमा बीमा व्यवसाय सुरु गरेको थियो। औपचारिक रुपमा व्यवसाय सुरु गरेपछि कम्पनीले २५ वटा बीमा लेख विक्री गरि १६ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको अहिलेको नाफा कर्जा सापटी मार्फतको आयले मद्दत गरेको देखिन्छ। कम्पनीले कर्जा सापटीबाट ५ करोड रुपैयाँ आम्दानी गरेको हो। कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ भने जगेडा कोषमा तीन करोड ४२ लाख रुपैयाँ जम्मा भएको छ।

रिलायन्स लाइफ
रिलायन्स लाइफले जीवन बीमा व्यावसाय संचालन गरेपछि ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको छ।

कम्पनीले पुस मसान्तसम्ममा २०१ वटा बीमा लेख बिक्री गरी ६४ लाख २२ हजार बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको नाफामा कर्जा सापटी मार्फतको आय ९ करोड २ लाख रुपैयाँले मद्दत गरेको छ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ। 

रिलायबल नेपाल लाइफ
रिलायबल नेपालले जीवन बीमा व्यावसाय सुरु गरेपछि ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको छ।

कम्पनीले पुस मसान्त सम्ममा २० हजार ६ सय ८ बीमा लेख बिक्री गरी ९ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले ब्याज आम्दानीमार्फत ८ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ भने जगेडा कोषमा ६ करोड ८० लाख रुपैयाँ जम्मा भएको छ।

ज्योति लाइफ
ज्योती लाइफले जीवन बीमा सुरु गरेपछि ८ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले ८६२ बीमा लेख बिक्री गरी तीन करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले कर्जा सापटीबाट ९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ भने जगेडा कोषमा ८ करोड ९९ लाख रुपैयाँ जम्मा भएको छ।

युनियन लाइफ
युनियन लाइफले जीवन बीमा व्यवसाय सुरु गरेपछि ५ करोड ४८ लाख रुपैयाँ नाफा गरेको छ। कम्पनीले पुस मसान्त सम्ममा २२ हजार १ सय ७९ वटा बीमा लेख बिक्री गरी २५ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

कम्पनीले ब्याज आम्दानीबाट ८ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अवधिमा कम्पनीले एउटा वीमा लेखको ६ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी गरेको छ।कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड रुपैयाँ छ भने जगेडा कोषमा ६ करोड १८ लाख रुपैयाँ जम्मा भएको छ।

प्रभु लाइफ
सबै भन्दा ढिला व्यवसाय सुरु गरेको प्रभु लाइफले तीन करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले पुसमसान्त सम्ममा एक करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

कम्पनीको कर्जा सापटीबाट ६ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ। कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ भने जगेडा कोषमा ३ करोड ७४ लाख रुपैयाँ जम्मा भएको छ।