‘बेस्ट म्यानेजर अफ दि इयर अवार्ड’ एफवान सफ्टका ढकाललाई, राजभण्डारीलार्इ आउटस्टाण्डिङ अवार्ड

बिजमाण्डू
२०७४ माघ २८ गते १८:१० | Feb 11, 2018
‘बेस्ट म्यानेजर अफ दि इयर अवार्ड’ एफवान सफ्टका ढकाललाई, राजभण्डारीलार्इ आउटस्टाण्डिङ अवार्ड

काठमाडौं। म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले हरेक वर्ष प्रदान गर्ने बेस्ट म्यानेजर अफ दि इयर २०१७ को अवार्ड एफवान सफ्टका प्रेसिडेन्ट युवा उद्यमी विश्वास ढकाललाई प्रदान गरिएको छ।

Tata
GBIME
Nepal Life

ढकालको नेतृत्वमा सन् २००४ देखि एफवान सफ्टले सूचना प्रविधिको क्षेत्रमा विभिन्न योगदान गर्दै आएको छ। पछिल्लो पाँच वर्षयता एफवान सफ्टले वित्तीय क्षेत्रमा प्रविधि भित्र्याउन तथा प्रविधिमार्फत वित्तीय कारोबार अघि बढाउन महत्वपूर्ण योगदान दिँदै आएको छ।

एफवान सफ्टले मोवाइल बैंकिङ सेवा, इन्टरनेट कार्ड म्यानेजमेन्ट सिस्टम, डिजिटल वालेट र अनलाइन पेमेन्ट गेटवे इ-सेवामार्फत वित्तीय सेवा दिंदै आएको छ।

ढकाल नेतृत्वको एफवान सफ्ट अन्तर्गत अहिले २०० जनाभन्दा बढीले रोजगारी पाएका छन्। एफवान सफ्ट मातहत प्रविधि र व्यवस्थापन क्षेत्रमा ती जनशक्तिको प्रयोग भइरहेको कम्पनीले जनाएको छ।

कम्पनीले सुरुवात गरेको फिनटेक प्रविधि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट मान्यता प्राप्त हुनुका साथै यसले २०१४ इन्टरनेशनल बिजनेश अवार्ड (काँस्य पदक), एफएनसिसिआइ सर्भिस एक्सिलेन्स अवार्ड २०१३ तथा रेड हेरिङ टप १०० एसिया अवार्ड २०१२ प्राप्त गरेको छ।

यसैगरी म्यानले प्रदान गर्ने आउटस्टाण्डिङ म्यानेजर अवार्ड नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले प्राप्त गरेकी छन्।