साल्ट ट्रेडिङले ३५ प्रतिशत लाभांश दिने, लगानीकर्तालाई २५ प्रतिशत बोनस शेयर र १० % नगद लाभांश

बिजमाण्डू
२०७४ माघ ७ गते १६:३१ | Jan 21, 2018
साल्ट ट्रेडिङले ३५ प्रतिशत लाभांश दिने, लगानीकर्तालाई २५ प्रतिशत बोनस शेयर र १० % नगद लाभांश

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसनले ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। संस्थानले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।

Tata
GBIME
Nepal Life
 साधारणसभाले यो प्रस्ताव पारित गरेपछि संस्थानका शेयरधनीले लाभांश पाउनेछन्।

संस्थानले बिगत ६ वर्षदेखि निरन्तर २० प्रतिशतभन्दा बढी लाभांश दिँदै आएको छ।

आर्थिक वर्ष २०६७/६८ मा ४५ प्रतिशत लाभांश दिएको संस्थानले त्यसयता भने लाभांश दर घटाएको थियो। 

संस्थानले लाभांश दर घटाएको भएपनि प्रत्येक वर्ष बोनस शेयर दिँदै आएको छ। गत आर्थिक वर्षमा पनि संस्थानले २५ प्रतिशत लाभांश दिएको थियो जसमा २० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश रहेको थियो।

संस्थानको नेपाल स्टक एक्सचेन्जमा नौ लाख ८१ हजार आठ सय ४३ लाख कित्ता शेयर सूचीकृत छ। संस्थानको पछिल्लो कारोबार २६५ रुपैयाँ प्रति कित्ताका दरले कारोबार भएको थियो।