गत वर्षको साधारणसभा नगर्ने यी १२ बाणिज्य बैंक, समयमा साधारणसभा नगरे यस्तो छ ब्यबस्था

बिजमाण्डू
२०७४ माघ ७ गते १४:३७ | Jan 21, 2018

काठमाडौं। गत आर्थिक वर्षको साधारणसभा गर्नुपर्ने समय सकिँदा पनि अझै ११ बटा बैंक अन्योलमा छन्। पुष मसान्तसम्ममा १६ वटा बाणिज्य बैंकले साधारणसभा सम्पन्न गरे पनि अझै १२ वटाले भने गर्न सकेका छैनन्।  कृषि विकास बैंक बाहेक अन्य बैंकले साधारणसभाको मिति समेत तय गर्न सकेका छैनन्।

Tata
GBIME
Nepal Life

समयमा साधारणसभा सम्पन्न गर्न नसक्नेमा कृषि विकास बैंक, मेगा बैंक, सिभिल बैंक, बैंक अफ काठमाडौं, सेन्चुरी कमर्सियल बैंक, कुमारी बैंक, नेपाल बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक, एनएमबि बैंक, प्रभु बैंक, राष्ट्रिय बाणिज्य बैंक, सिद्धार्थ बैंक छन्।

कृषि विकास बैंकले भने साधाणरभा घोषणा गरिसकेको छ। माघ २९ गते तय गरेको साधारणसभामा २० प्रतिशत बोनस शेयर पारित गर्दैछ। तर सरकारी स्वामित्व रहेको नेपाल बैंक लिमिटेड र बाणिज्य बैंकले साधारणसभा तथा लाभांशको सम्बन्धमा केही घोषणा गरेको छैन।

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर घोषणा गरेको भए पनि साधारणसभाको मिति भने तय गरेको छैन। कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको छ महिना भित्रमा साधारणसभा सम्पन्न गरिसक्नु पर्ने व्यवस्था रहेको छ।

पव्लिक कम्पनीले छ महिनाभित्रमा साधारणसभा सम्पन्न नगरेमा कम्पनी रजिष्ट्रार कार्यालयले म्याद सकिएको तीन महिनाभित्रमा गर्न निर्देशन दिने व्यवस्था छ।

उक्त समयमा पनि नगरेमा शेयरधनीले अदालतमा निवेदन दिन पाउनेछन्। शेयरधनीको निवेदनको सुनुवाइ गर्दै अदालतले साधारणसभा सम्पन्न गर्न उपयुक्त आदेश दिन सक्नेछ।    

समयमा साधारणसभा सम्पन्न गर्ने बैंक

क्रस बैंकको नाम बोनस शेयर नगद लाभांस
एभरेष्ट बैंक 33 1.74
हिमालयन बैंक 25 1.31
जनता बैंक 14.4  
स्ट्यान्डर्ड चार्टर्ड बैंक 100 5.26
प्राइम कमर्सियल बैंक 27  
नेपाल एसविआइ बैंक 15.42 0.81
सनराइज बैंक 15  
लक्ष्मी बैंक 10 0.53
माछापुच्छ्रे बैंक 9 6
१० नेपाल बंगलादेश बैंक 12 3.79
११ ग्लोबल बैंक 10 10
१२ नेपाल इन्भेष्टमेन्ट बैंक 15 25
१३ सानिमा बैंक 16  
१४ नविल बैंक 30 18
१५ सिटिजन बैंक 16 0.85
१६ एनआइसी एशिया बैंक 20 1.05

 
गत आर्थिक वर्षको साधारणसभा सम्पन्न गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंकका शेयरधनी सबैभन्दा धेरै लाभान्वित भएका छन्। बैंकले १०० प्रतिशत बोनस शेयर पारित गरेको छ। साधारणसभा सम्पन्न गर्नेहरु सबैले बोनस शेयर दिएका छन्।