आइएमइ जनरल इन्स्योरेन्सको नायव महाप्रबन्धकमा पवन थापा, २० बर्ष बीमा क्षेत्रको अनुभव

बिजमाण्डू
२०७४ माघ ७ गते १०:११ | Jan 21, 2018
आइएमइ जनरल इन्स्योरेन्सको नायव महाप्रबन्धकमा पवन थापा, २० बर्ष बीमा क्षेत्रको अनुभव
काठमाडौं। आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडको नायव महाप्रबन्धकमा पवन थापा नियुक्त भएका छन्। उनले निर्जीवन बीमा कम्पनीहरुमा २० बर्ष करियर बिताइसकेका छन्।
 
थापा आइएमइ जनरलमा आउनुअघि सिद्धार्थ इन्स्योरेन्समा थिए। उनले त्यहाँ सात बर्ष बिताएका थिए। त्यसअघि १३ बर्ष सगरमाथा इन्स्योरेन्समा थिए। सगरमाथामा बजार ब्यवस्थापन विभागमा रहेर उनले काम गरेका थिए। 
 

Tata
GBIME
Nepal Life