भाष्करराज राजकर्णिकार महासंघबाट चेम्बरतिर, मानार्थ उपाध्यक्ष चयन, अध्यक्षमा फेरि राजेशकाजी

बिजमाण्डू
२०७४ पुष २८ गते १५:४७ | Jan 12, 2018
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः राजेशकाजी श्रेष्ठ निर्वाचित भएका छन्। चेम्वरको ६७औं वार्षिक साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। 


 
नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन्। कमलेशकुमार अग्रवाल उपाध्यक्ष (वाणिज्य), महेन्द्रमान श्रेष्ठ उपाध्यक्ष (उद्योग),  दीपककुमार मलहोत्रा उपाध्यक्ष (जिल्ला, नगर), इच्छाराज तामाङ उपाध्यक्ष (वस्तुगत), नरेश श्रेष्ठ उपाध्यक्ष (संस्थागत) र भाष्करराज राजकर्णिकार उपाध्यक्ष (विशिष्ट मानार्थ) गरी ६ जना उपाध्यक्षहरु सर्वसम्मत चुनिएका हुन्। भाष्कर नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष भइसकेका ब्यक्ति हुन्। 
 
मुलुक संघीय संरचनामा गएसँगै चेम्वरको सांगठनिक संरचना पनि त्यही अनुसार गएको जनाइएको। प्रदेश १ मा पर्शुराम दाहाल, प्रदेश २ मा पंकज जालान, प्रदेश ३ मा कृष्णमान श्रेष्ठ, प्रदेश ४ मा प्रमोद श्रेष्ठ, प्रदेश ५ मा भीमलाल पौड्याल, प्रदेश ६ मा दीपेन्द्रकुमार खत्री र प्रदेश ७ मा प्रकाश साउदले केन्द्रमा प्रतिनिधित्व हुने गरी निर्वाचित भएका छन्। 

Tata
GBIME
Nepal Life

को को भए सदस्य?
उद्योग तर्फ: लोकमान्य गोल्छा, राजेन्द्रप्रसाद अर्याल, डा.अञ्जान शाक्य, दीपक श्रेष्ठ, सुमितकुमार अग्रवाल
 
वाणिज्य तर्फ: देवेन्द्रभक्त श्रेष्ठ, निलकण्ठ चौलागाई, सन्तोषकुमार पाण्डे, किशोरकुमार अग्रवाल, नवराज ढकाल, राष्ट्रभूषण चाकुवजी, राजु श्रेष्ठ, कैलाशचन्द्र गोयल, सुभाषचन्द्र संघाई, दीपककाजी तुलाधर, मनोजकुमार केडिया, सुधिर मित्तल, अशोककुमार अग्रवाल, दीपेशरत्न तुलाधर,
 
जिल्ला तर्फ: रणवहादुर श्रेष्ठ, राम श्रेष्ठ, टिकाराम शर्मा, श्रीकृष्ण रिजाल, मोहनराज शर्मा, टंकप्रसाद पोखरेल, खुशनारायण सैंजु, सतिशकुमार अग्रवाल, शभा पौडेल, सन्तोष खतिवडा, गोविन्दवहादुर शाही
 
वस्तुगत तर्फ: सुरेन्द्रकुमार श्रेष्ठ, सुरेन्द्रकुमार शारदा, अर्जुनप्रसाद शर्मा, मृगेन्द्रमेहर श्रेष्ठ, मनोहरदास मुल श्रेष्ठ, रवि केसी, सञ्जयकुमार अग्रवाल
 
संस्थागत तर्फ: दिपक कुवर, त्रिभुवनधर तुलाधर,
 
आवद्ध तर्फ: राजारत्न तुलाधर, नीरज राई
 
मनोनित: रमेश महर्जन, ज्योतीप्रकाश पाण्डे, उर्मिला श्रेष्ठ