नक्कली कारोबार गर्ने तीन ब्रोकर कम्पनीलार्इ धितोपत्र बोर्डको कारवाही, १० लाख जरीवाना

बिजमाण्डू
२०७४ पुष २५ गते १८:१६ | Jan 9, 2018

काठमाडौं। नेपाल धितोपत्र बोर्डले तीन वटा ब्रोकर कार्यालय तथा तिनका कार्यकारी प्रमुखलार्इ अहिलेसम्मकै ठूलो कारबाही गरेको छ।
बोर्डले जलविद्युत कम्पनीको नक्कली कारोबारमा संलग्न भएका ब्रोकर कम्पनी तथा संचालकलार्इ कारबाही गरेको हो। बोर्डले चिलिमे जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी तथा सानिमा मार्इ हाइड्रोपावर कम्पनीको नक्कली शेयर कारोबार गरेको भन्दै ब्रोकर कम्पनी तथा तिनका संचालकहरुलार्इ कारबाही गरेको हो।

Tata
GBIME
Nepal Life

बोर्डले चिलिमे हाइड्रोपावर कम्पनीको नक्कली शेयर खरिद बिक्री गरेको प्रमाण भेटिएको भन्दै अग्रवाल सेक्युरिटिजलार्इ १० लाख रुपैयाँ जरिवाना गरेको छ।  त्यस्तै नेशनल हाइड्रोपावरको नक्कली शेयर कारोबार गरेको भन्दै धितोपत्र दलाल व्यवसायी श्रीहरि सेक्युरिटिजलाई दश लाख रुपैयाँको जरिवाना गरेको छ।

यसैगरी ग्राहकको पूर्ण विवरण सहितको अभिलेख नराखेको भन्दै बोर्डले धितोपत्र दलाल कम्पनी श्रीहरि सेक्युरिटिज र अग्रवाल सेक्यूरिटिजलाई ५० हजार रुपैयाँको जरिवाना गरेको छ। धितोपत्र दलालले ग्राहकको लागि कारोबार गर्नु अघि व्यक्ति वा संस्थागत ग्राहकको पूर्ण विवरण सहितको अभिलेख राख्नुपर्नेमा सो अनुसार नगरेकोले उनीहरुमाथि कारवाही गरिएको बोर्डले जनाएको छ।

जानीजानी वा बदनियत नक्कली कारोबार गर्न झुट्टा विवरण वा कागजात बनाएको भन्दै बोर्डले अग्रवाल सेक्युरिटिजका कार्यकारी प्रमुखलार्इ पचास हजार रुपैयाँको जरिवान गरेको हो।

त्यस्तै सिप्रवी सेक्यूरिटिजले यस्तो कारोबार हुँदा पनि आफुले पाएको सूचना समयमा नदिएको भन्दै बोर्डले यसका कार्यकारी प्रमुखलार्इ पनि ५० हजार रुपैयाँको कारबाही गरेको छ।

बोर्डले सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा धितोपत्र सम्बन्धी ऐन अनुसार कारवाही गरेको  जनाएको छ। चिलिमे जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी तथा सानिमा माई हाइड्रोपावर कम्पनीको नक्कली शेयर कारोबार भएको भन्दै बोर्डले तयार पारेको प्रतिवेदन अनुसार असार २३ गते जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दायर गरेको थियो।