आइतबार शेयर बजार ११ अंकले झर्यो, डेढसय कम्पनीका शेयरमा ५० करोडको कारोबार

बिजमाण्डू
२०७४ पुष २ गते १५:३६ | Dec 17, 2017

काठमाडौँ। साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ। ११.०१  अंकको गिरावट संगै नेपाल स्टक एक्सचेन्ज(नेप्से)सूचक १५०९.१४  अंकमा ओर्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.५८  अंकले घटेर ३१८.०७  अंकमा ओर्लिएको छ।

Tata
GBIME
Nepal Life

आइतबार १५८ कम्पनीका ११ लाख ६  हजार कित्ता शेयर ५१  करोड रुपैयाँमा कारोबार भयो। सबै भन्दा बढी नेपाल ग्रामिण बिकास बैंकको ६ करोड ५४ लाख रुपैयाँको कारोबार भयो।

आइतबार कारोबारको सुरुवाती १५ मिनेट सामान्य अबस्थामा देखिएको बजार त्यसपछि लगातार घटेको थियो। १२ बजे सम्ममा नौ अंक घटेर थोरै बढेको बजार एक बजे सम्ममा १५१३ अंक सम्म उक्लिएको थियो। एक बजे पछी पून घटेको बजार अन्तिम एक मिनेटमा दुई अंक सुधार हुदै बन्द भएको हो।


उपसूचक मिस्रित देखिएका छन्। १० उपसूचकमा तीन  सूचक बढेका छन्। सात समूह घटेका छन्। बैंक ०.९९, ट्रेडिङ ४.५७, विकास बैंक १.०७ , जबिद्युत १.८१ , फाइनान्स ०.८५ , बीमा १.१२ , लघुवित्त ०.६८ अंकले घटेको छ। होटल ०.५७  र उत्पादनमुलक समूह १.३९ अन्य ०.९६  अंकले बढेको छ।
आइतबार बोटलर्स नेपाल तराईका शेयर धनीले करिब नौ प्रतिशत कमाएका छन्। कालिका माइक्रो क्रेडिटका शेयरधनीले करिब आठ प्रतिशत गुमाए।