पुनर्निर्माणका लागि निर्माण सामग्रीको माग बढेपछि उद्योगको क्षमता उपयोग बृद्धि, ५७.३% उपयोग

बिजमाण्डू
२०७४ मंसिर २४ गते १०:२० | Dec 10, 2017
पुनर्निर्माणका लागि निर्माण सामग्रीको माग बढेपछि उद्योगको क्षमता उपयोग बृद्धि, ५७.३% उपयोग
काठमाडौं। उर्जा आपूर्ति तथा ब्यावसायिक वातावरओमा भएको सुधारका कारण उद्योगहरुको क्षमता उपयोगमा बृद्धि भएको छ। अघिल्लो बर्ष ४८.२ प्रतिशत उपयोगमा चलिरहेका उद्योगहरु यसपाली ५७.३ प्रतिशतमा चलेका छन्। 


 
नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार, पुनर्निर्माण कार्यले गति लिएका कारण निर्माणजन्य सामाग्रीको माग बढेको छ, जसले गर्दा उद्योगहरुको क्षमता उपयोगमा सुधार आएको हो।
 
बनस्पति घ्यू तथा तेल, पेय पदार्थ, लत्ता कपडा, कागज, अन्न तथा पशुदाना र रसायनिक पदार्थकोको उद्पादन बढेको छ। प्लास्टिकजन्य उत्पादन, गैरधातु खनिज तथा फ्रेबिकेटेट धातुका सामानको उत्पादन पनि बढेको छ। दुधजन्य, अन्य खाद्य पादर्थ, तयारी कपडा, काठको उत्पादन, बिजुलीको तार तथा जुत्ताको उत्पादन घटेको छ।

Tata
GBIME
Nepal Life