अमेरिकी दूतावासको सहयोगमा ९ उद्यमी हैदरावाद जाँदै, ‘ग्लोबल ईन्टरप्रेनियरशीप समिट’मा भाग लिने

बिजमाण्डू
२०७४ मंसिर ८ गते १६:५३ | Nov 24, 2017

काठमाडौं । अमेरिकी दूतावासको सहयोगमा ९ जना नेपाली युवा उद्यमी 'ग्लोबल ईन्टरप्रेनियरशीप समिट'मा भाग लिन भारत जाने भएका छन्। भारतको हैदरावादमा मंसिर १२ देखि १४ (नोभेम्बर २८-३०) सम्म हुने समिटमा नेपाली उद्यमीको सहभागिता रहने भएको हो।

Tata
GBIME
Nepal Life

विश्वका २०० देशका युवा उद्यमीलाई सहभागि गराईने उक्त कार्यक्रममा नेपालबाट युवा उद्यमीहरुका साथै केही लगानीकर्ता समेत सहभागि हुने दूतावासले जनाएको छ।

समिटमा सहभागि हुन जाने युवा उद्यमीमध्ये केहीले राजधानीमा प्रस्तुती समेत दिएका छन्। दिवेश कर्माचार्य, अभिषेक मल्ल, सुमन शाक्य, साजल प्रधान, शिवजन चौलागाईं र विदूती न्यौपानेले नेपालमा उद्यम गर्दा नीतिनिर्माण तहबाट भोगेका समस्याहरु र आफ्नो उद्योगको अवस्था बारे टाईगर पिच कार्यक्रममा प्रस्तुती दिएका हुन्।

युवाहरुको प्रस्तुती कार्यक्रममा अमेरिकी दुतावासका कार्यबाहक राजदूत माईकल गोन्जालेज, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार डा. दिनेश भट्टराई र तारा ओरियन्टिएल मृदुला राजभण्डारीले निर्णायक थिए।

सहभागिहरुले नेपालमा विदेशी लगानी ल्याउन सहज नभएको, कृषि उत्पादन गर्ने किसान भन्दा बिचौलियाले मात्रै नाफा लिने गरेको, ग्रामिण भेगमा खपत हुने सोलारमा ३० प्रतिशत कर लिने गरेको र नयाँ ठूला भवन बनाउँदा जमिन मुनीको पानीको स्रोत दोहन गरेको लगायत बिषयमा सरकारको ध्यानाकर्षण समेत गराए। कार्यक्रम कर्माचार्य उत्कृष्ठ प्रस्तोता र मल्लले रनरअप घोषित भए।