बैंकहरु ऋण बिस्तारमा फेरि ‘एग्रेसिभ’, निक्षेप ४ प्रतिशतले बढ्दा ऋणको गति ६ प्रतिशत पुग्यो

बिजमाण्डू
२०७४ मंसिर ६ गते १६:३७ | Nov 22, 2017
बैंकहरु ऋण बिस्तारमा फेरि ‘एग्रेसिभ’, निक्षेप ४ प्रतिशतले बढ्दा ऋणको गति ६ प्रतिशत पुग्यो
काठमाडौं। ऋण लगानी १४ अर्ब रुपैयाँले बृद्धि हुँदा बाणिज्य बैंकहरुमा निक्षेप जम्मा ८ अर्बले मात्र बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, कात्तिक २४ गतेको तुलनामा मंसिर १ गते निक्षेपको बृद्धिको तुलनामा ऋणको बिस्तार उच्च छ।
 
मंसिर १ गतेसम्म कुल निक्षेप २१ खर्ब ७३ अर्ब पुगेको छ भने ऋण १८ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। कात्तिक महिनाभरी निक्षेप र ऋण १६/१६ अर्ब रुपैयाँले बढेको थियो। 
 
चालु आर्थिक बर्षमा मात्रै निक्षेप ८५ अर्ब र ऋण लगानी १०१ अर्बले बढेको छ। असार मसान्तको तुलनामा ऋण विस्तार ५.८५ प्रतिशतले बढेको छ। निक्षेप बृद्धि भने ४ प्रतिशतले मात्र बढेको छ। 

Tata
GBIME
Nepal Life