वीरगंजमा रहेको बंगलादेशी उद्योग प्रानमा मजदुर हड्तालमा, मजदुरलार्इ चार घण्टा शौचालयमा थुनियो

बिजमाण्डू
२०७४ मंसिर ६ गते १२:२१ | Nov 22, 2017

वीरगंज।बंगलादेशको बहुराष्ट्रिय कम्पनी प्रानले वीरगंजमा स्थापना गरेको हिमाड्री फूड्समा मजदुरको श्रम शोषण हुने गरेको पाइएको छ।

उद्योगको श्रम शोषण गरेको आरोप लगाउँदै हड्तालमा उत्रिएका छन्।उद्योग व्यवस्थापकले करबलमा विभिन्न कागजमा हस्ताक्षर समेत गर्न लगाउने गरेका छन्।हस्ताक्षर गर्न नमान्नेलार्इ उद्योगमै रहेको शौचालयमा थुन्ने लगायतका अमानवीय कार्य मजदुर व्यवस्थापनले गरेको पाइएको छ।  कामदारलार्इ शौचालयमा थुनेका थिए।

Tata
GBIME
Nepal Life

उद्योगका मजदुर अजय चौधरीलार्इ शौचालयमा थुनेको एमाले निकट मजदुर संगठन जिफन्टका इकाइ अध्यक्ष चन्द्रशेखर चौधरीले बताए।मंगलबार विहान सात बजे ड्युटीमा रहेकै बेलामा उनलार्इ थुनिएको हो।चौधरीलार्इ चार घण्टापछि अन्य मजदुरको सहायतामा उद्धार गरिएको चौधरीले बताए।यो उद्योग दुर्इ वर्ष अघि संचालनमा आएको हो।

उद्योगमा ६५ पुरुष र ६० महिला गरेर १ सय २५ मजदुर कार्यरत छन्।मजदुरहरुले सात सुत्रीय माग राख्दै हड्तालमा उत्रिएका छन्।माग पूरा नभए थप हड्तालका कार्यक्रम गर्ने चेतावनी दिएका छन्।उद्योगमा न्यूनतम तलब पनि कार्यान्वयनमा आएको छैन।