हिमस्टारको राइस कुकर बजारमा, अटोमेटिक कुकिङ फङ्सनले उर्जाको बचत गर्ने कम्पनीको दावी

बिजमाण्डू
२०७४ मंसिर ४ गते ११:३४ | Nov 20, 2017

काठमाडौं। हिम इलेक्ट्रोनिक्सले राइस कुकरका सातवटा नयाँ मोडल बजारमा ल्याएको छ  । राइस कुकरका मोडलहरु १ लिटरदेखि २.८ लिटरसम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

हिमस्टार राइस कुकरहरु सफा गर्न सजिलो भएको तथा  अटोमेटिक कुकिङ्ग फङ्सन रहेकोले यसले उर्जाको बचत गर्ने बताइएको छ।
यी राइस कुकरको डिलक्स २.२ लिटरमा स्टीम गर्ने सुविधा र टफ ग्लास समेत राखिएको  छ ।

Tata
GBIME
Nepal Life

हिमस्टारका सात मोडलका राइस कुकरहरु न्यूनतम मूल्य रु. १७ सय ७० देखि रु. ३ हजार रुपैयाँ सम्ममा उपलब्ध हुने कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।

हिम इलेक्ट्रोनिक्सले उत्पादनदेखि बिक्रीपछिको सेवा समेत दिने जनाएको छ।