एनालग केवल टिभीमाथि संचार मन्त्रालयको अनुगमन तीब्र, आठ नेटवर्क ‘स्विच अफ’

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ कात्तिक ३० गते १६:५२ | Nov 16, 2017
एनालग केवल टिभीमाथि संचार मन्त्रालयको अनुगमन तीब्र, आठ नेटवर्क ‘स्विच अफ’

काठमाडौं । संचार मन्त्रालयले एनालग  केवल नेटवर्क माथिको अनुगमन तीब्र बनाएको छ। बुधबारदेखि सुरु भएको अनुगमनमा मन्त्रालयले कोटेश्वर, सुविधानगर, मध्य बानेश्वर, सुविसु बालुवाटार, भीमसेनस्थान लगायतका आठ केवल नेटवर्क बन्द गरेको उप सचिव विष्णु कुमारी भट्टराई फुँयालले बताइन्।

Tata
GBIME
Nepal Life

बिहीबार कपन, गौशला, त्रिपुरेश्वर लगायतका तीन क्षेत्रमा मन्त्रालयले अनुगमनका लागि टोली गएको उपसचिव फुँयालले जानकारी दिइन्। एनालग केवल नेटवर्क बन्द गर्दा व्यवसायीले असहमति जनाउनु त स्वभाविकै हो तर धेरै क्षेत्रमा हामीले व्यवसायीकै अनुरोधमा अनुगमन गरेका हौँ'-उनले भनिन्।

उनका अनुसार अन्तिम पटकको सूचना पनि व्यवसायीकै अनुरोधमा प्रकाशित गरिएको थियो। प्राय व्यवसायीले सेट-अप बक्स वितरण गर्न सुरु गरिसकेको उनले जानकारी दिइन्।

उपत्यकाभर झण्डै अठ्ठाइसवटा केवल नेटवर्क सेवा प्रदायक छन्। यसमध्ये दशवटा हेड इन भएका सेवा प्रदायक  र बाँकी डिस्ट्रिव्युटर र सिग्नल वितरक रहेको  संचार मन्त्रालयले जनाएको छ।

दशवटा मुख्य  एनालग केवल नेटवर्क सेवाप्रदायक ‘स्विच अफ’ भएपछि बाँकी सेवाप्रदायक कम्पनि  स्वभाविक रुपमा बन्द हुने उनले बताइन्।
भदौ १३ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार १५ दिनभित्र अनुगमन गर्दा केवुल नेटवर्कहरु डिजिटल प्रणालीमा रुपान्तरण नभएको खण्डमा मन्त्रालयले एनालग केवुल तत्काल बन्द  गरी कारवाही गर्ने जनाएको थियो। 

मन्त्रालयले   टेलिभिजन च्यानल सेवा प्रदायकहरुलाई एनालग सिस्टम कट अफकालागि बैशाख १५, कात्तिक १५ र बैशाख १५ गरी तीनवटा चरण बनाएको थियो।

डिजिटल प्रणाली लागू भएलगत्तै प्रत्येक टेलिभिजनमा एउटा सेटअप बक्स अनिवार्य चाहिने छ। यसबाट सरकारी राजस्व छली र सिग्नल चुहावट निर्मुल हुने मन्त्रालयले जनाएको छ।