महालक्ष्मीको प्रमुख कार्यकारीमा लामिछाने, आइतबारबाटै काम थाल्ने, ३० बर्षे बैंकिङ अनुभव

बिजमाण्डू
२०७४ कात्तिक २६ गते ०९:१७ | Nov 12, 2017
महालक्ष्मीको प्रमुख कार्यकारीमा लामिछाने, आइतबारबाटै काम थाल्ने, ३० बर्षे बैंकिङ अनुभव
काठमाडौं। महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज लामिछाने नियुक्त भएका छन्। बैंकको शनिवार बसेको सञ्चालक समितिले आगामी चार बर्षका लागि लामिछानेलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।


 
बैंकिङ क्षेत्रमा लामिछानेको ३० बर्षे अनुभव छ। नेपाल बैंकबाट अधिकृतस्तरबाट जागिर सुरु गरेका उनी केही समयअघि कैलाश विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। उनी त्यहाँ दुई कार्यकाल ८ बर्षसम्म प्रमुख कार्यकारी अधिकृत भएका थिए।
 
लामिछानेले आइतबारबाटै बैंकको कार्यभार सम्हाल्ने छन्। उनी ब्यवस्थापनमा स्नातकोत्तर हुन् भने कानुनमा स्नातक छन्। उनी विकास बैंक संघका पूर्वअध्यक्षसमेत हुन्। उनले संघका दुई कार्यकाल अध्यक्ष भएर काम गरेका थिए। 
 
यसैगरी कर्जा सुचना केन्द्रको सञ्चालक, नेपाल क्लियरिङ हाउस र बीमा संस्थानको पनि सञ्चाक थिए। एकै संस्थामा दुई कार्यकालभन्दा बढि बस्न नपाइने राष्ट्र बैंकको निर्देशनका कारण उनले कैशालको कार्यकाल पुरा गरि छाडेका थिए। गत कात्तिक १ गतेबाट महालक्ष्मीको प्रमुख कार्यकारी अधिकृतबाट रमेशकुमार भट्टराईले छाडेपछि लामिछाने नियुक्त भएका हुन्।

Tata
GBIME
Nepal Life