विश्वमै अत्यधिक माग रहेको एक्चुरीको आधारकोर्ष नेपालमै, प्रवेश परिक्षा पनि दिलाउने तयारी

बिजमाण्डू
२०७४ कात्तिक ६ गते ११:०८ | Oct 23, 2017
काठमाडौं। विश्वको पाचौँ धेरै आम्दानी हुने एक्चुरीको माग सबै देशमा उच्च छ। जीवन बीमा कम्पनीको अडिट गर्ने एक्चुरी कोर्ष पास गर्न कठिन हुने हुँदा जनशक्ति अभाव रहेको हो। 
 
विश्वको कुनै एक संस्थाबाट एक्चुरी उपाधी हासिल गरेको व्यक्तिले जुनसुकै देशमा काम गर्न पाउँछ। नेपालमा एकजना पनि एक्चुरी उत्तिर्ण जनशक्ति छैनन्।

Tata
GBIME
Nepal Life


त्रिबिमा म्याथमेटिकल साइन्स पढि रहेका विद्यार्थी।
 

नेपालमा एक्चुरी उत्पादन गर्न त्रिभुवन विश्व विद्यालयले बल्खुमा आधार कोर्ष पढाउन थालेको छ। स्कुल अफ म्याथम्याटिकल साइन्स (गणित विज्ञान स्कुल) स्थापना गरेर एक्चुरीको जाँच दिने आधार तयार गर्न थालेको विश्व विद्यालयले जनाएको छ। स्कुलमा ब्याचलर्स अफ म्याथम्याटिकल साइन्स पढाइ हुन्छ। स्कुलमा अहिले दोस्रो ब्याचका बिद्यार्थी भर्ना भएका छन्।
 
प्राध्यापक डा. प्रकाश मणि बज्राचार्यका अनुसार यो कोर्ष सकेपछि एक्चुरी उपाधिको लागि परिक्षा दिन सजिलो विद्यार्थीलाई सजिलो हुनेछ। अहिले पढिरहेका विद्यार्थीको लागि छिट्टै नै एक्चुरी उपाधीको लागि परिक्षा लिने व्यवस्था मिलाउने उनले बताए। यो कोर्ष पुरा गर्ने विद्यार्थीलाई एक्चुरी उपाधीको लागि तयारी गराउने स्कुलले नै तयारी गराउने उनले जानकारी दिए। बिदेशमा पनि विश्व विद्यालयले एक्चुरी उपाधी लक्षित यस्ता कोर्ष तयार पारेको हुन्छन्।
 
व्याजलर अफ म्याथम्याटिकल साइन्स पढ्नको लागि प्लस टुमा न्युनतम एक पेपर गणित अथवा विजनेश म्याथ पढेको हुनुपर्छ। गणित पढेका जुनसुकै फ्याकल्टीका विद्यार्थीले यो कोर्षको प्रवेश परिक्षा दिन पाउँछन्। आठ ओटा सेमेस्टरमा कोर्षमा ४१ वटा पेपर पढ्नु पर्छ। एक व्याजमा ३६ जना विद्यार्थीको कोटा रहेको प्राध्यापक बज्राचार्यले जानकारी दिए। 
 
चार बर्षको पुरै कोर्षको शुल्क तीन लाख ८० हजार रुपैयाँ रहेको छ। विद्यार्थीले यो कोर्ष सकेपछि एक्चुरी पास नगर्ने विद्यार्थीले पनि अन्य बैंक तथा वित्तीय संस्थामा राम्रो जागिर पाउन सक्ने बज्राचार्यले बताए।
 
‘अहिलेसम्म नेपाली विद्यार्थीले एक्चुरीको प्रवेश परिक्षा दिन भारत नै जानु पर्ने बाध्यता छ, उनले भने- अब नेपालमै परिक्षा दिने व्यवस्था मिलाउने तयारी भइ रहेको छ।’ प्रवेश परिक्षा पछिका सबै जाँच इन्टरनेटमै दिन मिल्छ। त्यसैले मुलुकमै प्रवेश परिक्षा दिने व्यवस्था मिलाउँदा विद्यार्थीले राहत पाउने उनको भनाइ छ। १२ कक्षा उत्तिर्ण गणित वा तथ्याङ्कशास्त्र पढेका विद्यार्थीले प्रवेश परिक्षामा भाग लिन पाउछन्। बर्षमा दुर्इ पटक (मे र नोभेम्बर)मा प्रवेश परिक्षा दिन पाइन्छ। जसको लागि दुर्इ हजार रुपैयाँ सदश्य शुल्क लाग्छ। 
 
वेलायत बोर्डबाट एक्चुरी जाँच दिँदा 
विद्यार्थीले १२ कक्षामा गणितमा ८० प्रतिशत र स्नातक तहमा ५५ प्रतिशत ल्याएको छ भने प्रवेश परिक्षा दिनु पर्दैन। त्यति अंक नल्याउने विद्यार्थीले भने सिटी एकको परिक्षा पास गर्नु पर्छ। 
 
वेलायतको एक्चुरीयल सोसाइटी अफ युकेमा सदस्य बन्न २०० पाउण्ड स्टर्लिङ तिर्नु पर्छ। साथै सिटी सेरिजका बिषयमा प्रत्येक विषयको ११० पाउट स्टर्लिङ तिर्नु पर्छ। प्रवेश परिक्षा दिनु परेमा १३० पाउट स्टर्लिङ तिर्नु पर्छ। यसमा प्रत्येक अक्टोवरमा ७० पाउन्ट स्टर्लिङ नविकरण शुल्क लाग्छ। यसमा पनि परिक्षाको समय अप्रिल र सेप्टेम्बर नै रहेको छ। 
 
सिए गरेका विद्यार्थीले दुर्इ वटा विषयमा परिक्षा दिनु पर्दैन। एक्चुरी पुरा गर्न सिटी सेरिजका ९ विषयमा, सिए सेरिजमा तीन वटा, एसटी सेरिजमा दुर्इ वटा र एसए सेरिजको एउटा विषयमा परिक्षा दिनु पर्ने हुन्छ। 
 
भारतमा पनि एक्चुरीको पुर्ण उपाधी पाउनेको संख्या ३०० हाराहारी मात्र छ। त्यहाँ सिटी सेरिजको चार/पाँच बिषय उत्तिर्ण गरेकाले नै राम्रो काम पाउँछन्।