दुई कम्पनीले डाके बार्षिक साधारणसभा, सानिमा बैंकको असोज २९ मा, स्वरोजगारको कात्तिक ११

बिजमाण्डू
२०७४ असोज ८ गते १४:२१ | Sep 24, 2017
काठमाडौँ। थप दुई कम्पनीले साधारणसभाको मिति तय गरेका छन्। सानिमा बैंक र स्वरोजगार लघुवित्त विकास बैंकले साधारसभाको मिति तय गरेका हुन्। 
 
सानिमा बैंकले असोज २९ गते बार्षिक साधारणसभा गर्ने भएको छ। बैंकले साधारसभाबाट १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने छ। 
 
स्वरोजगार लघुवित्त विकास बैंकले कार्तिक ११ गते साधारणसभा डाकेको छ। कम्पनीले साधारणसभाका लागि असोज २३ गतेदेखि कार्तिक ११ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। कार्तिक ८ गतेसम्म दोस्रो बजारमा शेयर खरिद गर्ने कम्पनीले घोषणा गरेको लाभांस पाउने छन्। कम्पनीले १७.५४ प्रतिशत लांभांस दिँदैछ। 
 

Tata
GBIME
Nepal Life