स्थानीय तह निर्वाचनः १३ स्थानको नतिजा आउन अझै बाँकी, कांग्रेसको अग्रता कायमै

बिजमाण्डू
२०७४ असोज ८ गते १०:३३ | Sep 24, 2017
स्थानीय तह निर्वाचनः १३ स्थानको नतिजा आउन अझै बाँकी, कांग्रेसको अग्रता कायमै
काठमाडौँ। तेस्रो चरणको स्थानीय निर्वाचनको जारी मतगणना केही स्थानबाहेक अन्तिम चरणमा पुगेको छ। तेस्रो चरणको एकमात्र महानगरपालिका वीरगन्जमा मतगणना अझै केही दिन लाग्ने देखिएको छ।


 
उपमहानगरमध्ये जितपुर सिमरा उपमहानगरेको नतिजा आइसकेको छ। अब धनुषाको जनकपुर उपमहानगर र बाराकै कलैया उपमहानगरको नतिजा आउन बाँकी छ।
 
अहिलेसम्म १२३ स्थानीय तहको नतिजा आइसकेको छ। १३ स्थानीय तहको नतिजा आउन बाँकी छ।
 
हालसम्म नेपाली कांग्रेस ३७, संघीय समाजवादी फोरम २३, राजपा २२, माओवादी केन्द्र २०, एमाले १५, नेपाल लोकतान्त्रिक फोरम ३, जनता दल २ र नयाँ शक्ति पार्टी १ स्थानमा विजयी भएका छन्।
 
नतिजा आउन बाँकी स्थान
 
पर्सा
वीरगन्ज महानगर
 
धनुषा
जनकपुर उपमहानर
सबैला नगरपालिका
 
सप्तरी
कञ्चनरुपा नगरपालिका
राजविराज नगरपालिका
 
बारा
बारागढी गाउँपालिका
कलैया उपमहानगरपालिका
कोल्हवी नगरपालिका
शभ्भुनाथ नगरपालिका
आदर्श कोटवा गाउँपालिका
 
रौतहट
कटरिया नगरपालिका
गरुडा नगरपालिका रौतहट
 
महोत्तरी
मनरा नगरपालिका

Tata
GBIME
Nepal Life