इन्भेष्टमेन्ट बैंक र एस गाभिए पनि दुबैको सहायक संस्था मर्ज हुन बाँकी, गाभिनलाई बोलाए एजिएम

बिजमाण्डू
२०७४ असोज २ गते १०:४९ | Sep 18, 2017
काठमाडौं। एक आपसमा गाभ्ने गाभिने चरणमा रहेका एनआर्इबिएल क्यापिटल र एस क्यापिटलले एकै दिन असोज २४ गते साधारणसभा डाकेका छन्।
 
एनआर्इबिएल क्यापिटलले साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत नगद लाभांस र ९७.०४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ। क्यापिटलले नगद लाभांसको लागि २ करोड ५३ लाख रुपैयाँ र बोनस शेयरको लागि ९ करोड ८५ लाख रुपैयाँ प्रदान गर्ने छ।
 
एनआइबिएल क्यापिटलको मूल कम्पनी नेपाल इन्भेष्टमेन्ट बैंक र एस क्यापिटलको एस डेभलपमेन्ट बैंक गाभिइसकेका छन्। 
 
एस क्यापिटलले साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ५२ प्रतिशतबाट हुन आउने तीन करोड ६४ लाख रुपैयाँ नगद लाभांस दिने निर्णय पारित गर्ने छ। 
 
दुबै क्यापिटलले एक अर्कामा गाभ्ने गाभिने प्रयोजनका लागि आवस्यक कानुनी प्रकृया पुरा गर्न संचालक समितिलार्इ पुर्ण अधिकार दिने विशेष प्रस्ताव पारित गर्ने छ।

Tata
GBIME
Nepal Life