सेञ्चुरी बैंकको हकप्रद भर्ने आज अन्तिम, आरएसडिसी लघुवित्त वित्तीय संस्थाको आजबाट सुरु

बिजमाण्डू
२०७४ असोज २ गते ०९:४८ | Sep 18, 2017
सेञ्चुरी बैंकको हकप्रद भर्ने आज अन्तिम, आरएसडिसी लघुवित्त वित्तीय संस्थाको आजबाट सुरु
काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले निष्कासन गरेको ४० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ। साथै आरएसडिसी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको २०० प्रतिशत हकप्रद आजबाट बिक्री खुल्ला भएको छ। 
 
बैंकले असार २७ गतेसम्म कायम भएका शेयर धनीहरुका लागि १० बराबर ४ को अनुपातमा हकप्रद बिक्री खुल्ला गरेको हो। हकप्रद आवेदनको लागि सिभिल क्यापिटल मार्केट सुनधारा तथा सेन्चुरी कमर्सियल बैंकका सम्पुर्ण शाखा कार्यालयहरु रहेका छन्।
 
बैंकको हकप्रद भर्ने म्याद भदौ १८ गते नै सकिएको भए पनि बैंकले तरार्इमा गएको बाढीका कारण थप १५ दिन म्याद थप गरेको थियो।
 
बैंकले एक अर्ब ८८ करोड रुपैयाँ हकप्रद जारी गरेसँगै बैंकको चुक्ता पूँजी ५ अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ। बैंकले नपुग दुर्इ अर्ब ५३ करोड रुपैयाँ जुटाउनु पर्ने हुन्छ। यसको लागि बैंकले भदौ २३ गते विशेष साधारणसभाबाट अल्पाइन विकास बैंक र सेती फाइनान्सलार्इ प्राप्ति गर्न निर्णय पारित गरिसकेको छ। प्राप्ति गरेसँगै बैंकको चुक्ता पूँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ। बैंकले अझै दुर्इ अर्ब २० करोड रुपैयाँ जुटाउनु पर्ने छ। 
 
आजबाट हकप्रद निष्काशन गरेको आरएसडिसी लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेसम्म कायम भएका शेयर धनीहरुका लागि एक शेयर बराबर दुर्इको अनुपातमा हकप्रद शेयर निषकाशन गरेको छ। संस्थाले प्रतिशेयर १०० रुपैयाँको दरमा २३ लाख कित्ता हकप्रद शेयर  कार्तिक ५ गतेसम्मको लागि बिक्री खुल्ला गरेको छ। 
 
बैंकको हकप्रद आवेदनको लागि एनआविएल क्यापिटल लाजिम्पाट, संस्थाको कार्यालय वुटवल र नेपाल इन्भेष्टमेन्ट बैंकको काठमाडौं उपत्यका वाहेकका सम्पुर्ण शाखा कार्यालयहरु रहेको संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इविएल क्यापिटलले जनाएको छ।

Tata
GBIME
Nepal Life