लघुवित्त ऋण लगानीमा एनएमबी बैंक एग्रेसिभ, आभारसँग मिलेर विपन्नले तिरेको ब्याज फिर्ता गर्ने

बिजमाण्डू
२०७४ भदौ २८ गते १७:१४ | Sep 13, 2017
काठमाडौं। एनएमबी बैंकले आभार फाउन्डेसनसँग बिपन्न वर्गका ग्राहकहरुलाई लक्षित गरेर लघुवित्त सेवा सम्बन्धी सम्झौता गरेको छ। सम्झौता पत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आभार फउन्डेसनका महासचिव सुरेन्द्र सिलवालले हस्ताक्षर गरेका छन्। 


 
सम्झौता अनुसार एनएमबि बैंक आफैले वा बैंकको सहायक कम्पनी एनएमबि माईक्रो फाइनान्स् वित्तीय संस्थामार्फत आभार फाउन्डेसनका कार्य क्षेत्रमा पर्ने जिल्लाहरुमा ऋण लगानी गर्ने छ। खासगरी ताप्लेजुङ, दोलखा, सिरहा, नवलपरासी र कपिलबस्तुमा कृषि, पशु, साना मझौला ब्यवसाय तथा कारखाना र घरेलु तथा साना उद्योगमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ। 
 
बिपन्न वर्गलाई लक्षित गरेर ल्याइएको कर्जाको मुख्य बिशेषता बिपन्न ग्राहकले कर्जा वापत बैंकलाई भुक्तानी गरेको सम्पुर्ण ब्याज रकम फिर्ता हुनेछ। 
 
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बिपन्न वर्गको वित्तीय आवश्यकता सम्वोधन हुने बताए। 
 

Tata
GBIME
Nepal Life