चाइना ट्रेड सहकारीको साढे एक करोड संचालन मुनाफा, मुलुककै उत्कृष्ट सहकारी बनाउने उद्घोष

बिजमाण्डू
२०७४ भदौ २५ गते ११:११ | Sep 10, 2017
चाइना ट्रेड सहकारीको साढे एक करोड संचालन मुनाफा, मुलुककै उत्कृष्ट सहकारी बनाउने उद्घोष
काठमाडौं।चाइना ट्रेड वहुउदेश्यीय सहकारी संस्थाले गत आर्थिक वर्षमा १ करोड ४२ लाख ९८ हजार ७ सय ४३ रुपैयाँ संचालन मुनाफा गरेको छ।

Tata
GBIME
Nepal Life

संस्थाले आयकर र अन्यकर गरि ४० लाख ५७ हजार रुपैयाँ राजस्व तिरेको छ।गत आर्थिक वर्षमा संस्थाले २१ करोड २९ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरि २८ करोड ५६ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।संस्थाको निक्षेप रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १० दशमलब ४ प्रतिशत वृद्धि भएको छ।

संस्थाको शेयर पूँजी ७ करोड ५६ लाख ५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष र अ न्य कोषहरु ३ करोड १२ लाख रुपैयाँ पुगेको छ।संस्थाको शनिवार भएको साधारणसभाले १०औं वार्षिक साधारणसभामा यो जानकारी दिइएको हो।संस्थामा हाल ८ सय ६ जना शेयर सदस्य छन्।

संस्थाले व्यावसायिक,घरजग्गा, सेयर, सवारीसाधन,शैक्षिक,साना उद्यमी कर्जा, वैदेशिक रोजगार, व्यक्तिगत र अन्य गरी विभिन्न क्षेत्रमा कर्जा प्रवाह गर्दै आएको छ । 
 
यो सहकारी राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघ, नेपाल वहुउद्देयीय केन्द्रीय सहकारी संघ, एसियाली ऋण महासंघलगायतमा आवद्ध भएको छ ।चालू आवमा संस्थाले ज्येष्ठ सदस्य, महिला सदस्य, बाल सदस्यका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ । सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ई बैंकिङ, एसएमएस बैंकिङ र मोबाइल बैकिङ सञ्चालन गर्दै आएको छ ।
 
कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेतले आफ्नो कार्यकालमा सहकारीमैत्री नयाँ सहकारी ऐन निकट भविश्यमा आउने बताउदैं राष्ट्रको विकास र गरिबी निवारणमा सहकारीको योगदान महत्वपूर्ण हुने बताइन् । संस्थाका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले चाइना सहकारीलाई मुलुककै उत्कृष्ट बनाउने बताए । उनले सरकारको नीति अनुरुप सहकारीलाई गरिबी निवारणको माध्याम बनाउने गरी विभिन्न योजना ल्याइएको जानकारी दिए ।