पूरानो कार साट्ने योजनामा हुनुहुन्छ? पूरानो साटेर रेनल्टको कार किन्ने अवसर

बिजमाण्डू
२०७४ साउन २१ गते १६:४२ | Aug 5, 2017
पूरानो कार साट्ने योजनामा हुनुहुन्छ? पूरानो साटेर रेनल्टको कार किन्ने अवसर
काठमाडौं।रेनल्ट गाडीको नेपालको आधिकारिक वितरक एडभान्स अटोमोबाइलले काठमाडौंमा रेनल्ट एक्सपेरियन्स सुरु गरेको छ।यो कार्यक्रम आइतबारसम्म संचालनमा आउनेछ।
 

‘‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’’ भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर यो कार्यक्रम गरिएको हो। कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनल्टको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनायो।
 
अरु गाडी ल्याएर रेनल्टको क्विड, डस्टर र लजी मोडल लैजान सकिने कम्पनीले जनायो। यो योजनामा सडक कर निशुल्क, स्पट फाइनान्स, तुरुन्त मुल्यांकन र एक्सचेन्ज, आकर्षक क्यास डिस्काउन्टका साथै ५ वर्षसम्मको विस्तारित वारेन्टी लगायतका आकर्षक अफर छन् ।

Tata
GBIME
Nepal Life

यो कार्यक्रम आइतबारदेखि साउन २४ गतेसम्म भैरहवा तथा बिराटनगर, साउन २५ गतेदेखि २७ गतेसम्म दाङ तथा नारायणघाटमा र  साउन २८ गतेदेखि ३० गतेसम्म धनगढी तथा पोखरामा आयोजना हुने कम्पनीले जनाएको छ।