एप्पल वर्ल्ड मोबाईलमा स्मार्टफोनको सट्टापट्टा मेला सुरु, एक घण्टाभित्रै मर्मतको समेत सुविधा

बिजमाण्डू
२०७४ साउन १८ गते १८:०६ | Aug 2, 2017

काठमाडौं। एप्पल वर्ल्ड मोबाईलमा स्मार्टफोन सट्टापट्टा मेला सुरु भएको छ।
दरवारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वर्ल्डमा कुनै पनि पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन साँट्न  सकिने बताइएको छ।

Tata
GBIME
Nepal Life

उक्त मोबाईल सट्टापट्टा मेलामा  कुनै पनि ब्राण्डको पुरानो स्मार्टफोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाईने एप्पलवर्लडका सेल्स म्यानेजर निराजन मल्ल ठकुरीले जानकारी दिए।पुरानो मोबाईल साथमा भएपनि नयाँ मोबाईल खरिद गर्न चाहनेहरुका लागि मेलाले फाईदा पुग्ने उनको बिश्वास छ।

मेलामा फुटेको डिस्प्ले बनाउने, एक घण्टामै मोबाईल मर्मत गरिदिने तथा मोबाईल खरिदमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। बुधबारदेखि सुरु भएको मेलामा विश्वका बहुचर्चित ब्राण्डका मोबाईल फोनहरु पाईने बताइएको छ। मेला हरितालिका तिजसम्म चल्ने छ।