बैंकरका लागि ‘एन्टी फ्रड सर्टिफिकेसन कोर्ष’ को सुरुवात, एनबिआइले गर्यो फिन्टेलेक्टसँग समझदारी

बिजमाण्डू
२०७४ साउन १२ गते ०९:२३ | Jul 27, 2017
काठमाडौं। नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) र फिन्टेलेक्ट इन्डियाबीच नेपालमा पहिलो पटक 'एन्टी फ्रड सर्टिफिकेसन कोर्ष' को सुरुवात गर्न समझदारी भएको छ।
 
एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बा र फिन्टेलेक्टका प्रबन्ध निर्देशक शिरिष पाठकले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
 
सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा पाठक र फिन्टेलेक्टकी अनुसन्धान निर्देशक अर्पिता बेडेकरले 'एन्टी फ्रड' बारे प्रस्तुती दिएका थिए।
 
बैंकिङ क्षेत्रमा हुने जालसाँझीलाई न्यूनीकरण गर्न यो कोर्ष निक्कै प्रभावकारी हुने कार्यक्रममा जानकारी दिइएको छ। 

Tata
GBIME
Nepal Life