राष्ट्र बैंकले गर्ने सरकारी काम आजबाट बाणिज्य बैंकहरुको जिम्मा, ग्लोबलले पायो चार ठाउँ

बिजमाण्डू
२०७४ साउन १ गते १५:०५ | Jul 16, 2017
काठमाडौं। नेपाल राष्ट्र बैंकको जिल्लास्थित कार्यालयले गर्दै आएको सरकारी कारोबारको जिम्मा बाणिज्य बैंकहरुले पाएका छन्। उनीहरुलाई साउन १ बाटै कारोबारको जिम्मा लगाइएको हो।
 
मूख्य जिम्मेवारी राष्ट्रिय बाणिज्य बैंकलाई दिइए पनि अन्य निजी क्षेत्रका बैंकहरुले पनि काम पाएका छन्। आन्तरिक राजश्व र भन्सार जस्ता ठाउँमा निजी क्षेत्रका बैंकलाई जिम्मा दिइएकव छ।
 
यसअघि राष्ट्र बैंकको विराटनगर र भैरहवा कार्यालयको काम बाणिज्य बैंकहरुलाई दिइएको थियो। आइतबारबाट धनगढी, पोखरा, नेपालगञ्ज, जनकपुर, वीरगञ्ज  र सिद्धार्थनगर कार्यालयले गर्ने काम पनि बाणिज्य बैंकहरुको जिम्मा लगाइएको छ।
 
ग्लोबल आइएमइलाई चार जिल्लामा
ग्लोबल आइएमइ बैंकले चार वटा आन्तरिक राजश्व कार्यालयहरुको राजश्व संकलन गर्ने सेवा सुरु गरेको छ। बैंकले लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङ्को राजश्व संकलन गर्ने सेवा सुरु गरेको हो।

Tata
GBIME
Nepal Life