‘कन्सट्रक्टिभ इन्टरप्रेनुअर’ डेभिड म्याककोर्ट, ब्यापार नै रणभूमि, जहाँ उनले हरेकदिन जित्छन्

बिजमाण्डू
२०७४ असार १४ गते ११:२० | Jun 28, 2017
‘कन्सट्रक्टिभ इन्टरप्रेनुअर’ डेभिड म्याककोर्ट, ब्यापार नै रणभूमि, जहाँ उनले हरेकदिन जित्छन्
साथीले भने ‘म पनि लामो समय पैसा नउठेपछि ह्याम्मर लिएर पैसा नतिर्नेको घर अगाडि पुगेँ र पैसा नतिरेसम्म ह्याम्मरले हानिरहने र उसको पर्खाल भत्काइदिने धम्की दिएँ।’ साथीको कुरा डेभिड म्याककोर्टको मनमा गढ्यो। उनले तत्काल पैसा नतिर्ने पार्टीलार्इ फोन गरे र भने, ‘म जमिन मुनिबाट आफ्नो केवलहरु निकालिदिन्छु। त्यसपछि सुरु भयो कानुनबिद्हरुसँग लामो छलफल। ममाथि थ्रेटहरु पनि आए तर त्यसको केही दिनमै त्यस पार्टीले मेरो सबै पैसा भुक्तानी गरिदियो।’
डेभिड म्याककोर्ट यसै ७५० मिलियन डलरका मालिक भएका होइनन्। आइरिस अमेरिकन डेभिड ५८ वर्षका छन्, उनलार्इ हेर्दा लाग्छ उनी कुनै पुलिस, फायरम्यान वा कन्स्ट्रक्सन बोस हुन्, जो निकै कडा स्वभावका छन्। उनी आइरिस मूलका हुन् र उनको हक्कीपन बंशानुगत गुण हो।
 
‘जब म हुर्कदै थिँए बोस्टनका सबै आइरिस केटाहरु कन्ट्र्याक्टर, पुलिस वा फायरम्यान थिए,’ उनी भन्छन्। 
 
उनका बुबा पनि कन्ट्रयाक्टर थिए। हजुरबुवा पनि कन्ट्रयाक्टर थिए र बुढा हजुरबुवा पनि कन्ट्रयाक्टर थिए। तर उनले लामो समय बुबाको पदचिन्ह पछ्याएनन्। ८० को दशकमा पहिलो र सबैभन्दा ठूलो केवल वितरक नेटवर्क स्थापना गरे।
 
त्यपछि उनले टेलिफोन प्रणालीहरुको बिस्तारको काम गरे भने, टेलिभिजन कार्यक्रमहरु समेत बनाउन भ्याए। डेभिड म्याककोर्ट भन्छन्- ‘म ब्यापारको युद्ध लड्न कहिल्यै डराउँदिन। काम गर्दा गर्दै म ब्यापारमा गलत गए भने जति पैसाको नोक्सानी ब्योहोरेर भएपनि आफूलार्इ सच्याउँछु।’
 
बोस्टनमा स्कूल सकेपछि उनी वासिङटनको जर्जटाउन यूनिभर्सिटी गए जहाँबाट सन् १९७९ मा समाजशास्त्रमा डिग्री हासिल गरे। बोस्टन फर्केर २ बर्षजति कन्सट्रक्सनमा काम गरे। २४ वर्षको उमेर पुग्दा शहरमा केबल टिभी आउन लागेको र वितरणका लागि बिभिन्न फर्महरुले बिड गरेको थाहा पाए। 
 
जमिनमा तार बिछ्याउन गरिएको त्यस बिडमा उनले पनि भाग लिए। केवल सञ्जाल विस्तारका बारेमा कुनै जानकारी नभएपनि त्यसमा सामेल हुने निर्णय गरे। 
 
पहिलो प्रयासमै उनलार्इ सफलता हात लाग्यो। बिड स्विकृत भयो। किनभने उनले तत्काल काम थाल्न सक्ने बताएका थिए, जुन उनका प्रतिश्पर्धीहरुले भन्न सकेका थिएनन्। प्रतिश्पर्धीहरुलार्इ भने सडक त्यति छिट्टै खन्नका लागि नगरपालिकाले स्विकृति दिने कुरामा शंका थियो र उनीहरुले काम छिटो सक्ने प्रतिबद्धता जनाएनन्। 
 
म्याककोर्ट बोस्टनका रैथाने भएको फाइदा के थियो भने, उनलार्इ शहरका भित्री कुराहरुको बारेमा केही ज्ञान थियो, जसले गर्दा काम गर्न सजिलो भयो। उनलार्इ के थाहा थियो भने उत्तरी बोस्टनमा तत्कालिन मेयर निकै आलोचित थिए, किनभने उनले शहरको त्यस क्षेत्रमा बिमानस्थल बिस्तार गर्न सहमति दिएका थिए। 
 
स्थानीयहरु निकै आक्रोशित थिए। त्यसै अवधिमा प्रभावितहरुलार्इ सकारात्मक वातावरण तयार पार्नका लागि उनले त्यस ठाउँमा सबैभन्दा पहिले केवल नेटवर्क दिने योजना अघि सारे। त्यस क्षेत्रका बासिन्दालार्इ  शान्त बनाउन भन्दै अघिसारेको केवल बिस्तारको योजना सफल भयो। उनले काम सुरु गर्ने अनुमति पाए। यसरी उत्तरी बोस्टनबाट सुरु भएको उनको म्याककोर्ट केवल सिस्टम अन्तत: अमेरिकाभरी नै फैलियो। 
 
ब्यापारमा केही समस्या आइपर्थ्यो भने त्यो पैसा तिर्न बाँकी पार्टीहरुसँग असुली गर्ने भन्ने थियो। तर पछि उनले फसेको पैसा असुली गर्न पनि सिके जुन, ‘टिप्स’ उनलार्इ बोस्टनको बारमा बसेर रक्सी पिइरहेका बेला साथीले सिकाएका थिए।  

उनका बुबा पनि कन्ट्रयाक्टर थिए। हजुरबुवा पनि कन्ट्रयाक्टर थिए र बुढा हजुरबुवा पनि कन्ट्रयाक्टर थिए। तर उनले लामो समय बुबाको पदचिन्ह पछ्याएनन्। ८० को दशकमा पहिलो र सबैभन्दा ठूलो केवल वितरक नेटवर्क स्थापना गरे। त्यपछि उनले टेलिफोन प्रणालीहरुको बिस्तारको काम गरे भने, टेलिभिजन कार्यक्रमहरु समेत बनाउन भ्याए। डेभिड म्याककोर्ट भन्छन्-‘म ब्यापारको युद्ध लड्न कहिल्यै डराउँदिन। काम गर्दा गर्दै म ब्यापारमा गलत गए भने जति पैसाको नोक्सानी ब्योहोरेर भएपनि आफूलार्इ सच्याउँछु।’
एक पटक उनले एउटा पार्टीसँग निकै धेरै पैसा असुली गर्नुपर्ने थियो। तर पार्टी पैसा तिर्नुभन्दा उल्टै धम्क्याउने गरिरहेको थियो। हुल्याहा केटाहरुले उल्टै डेभिड म्याककोर्टलार्इ धम्क्याउन थाले। धेरै पैसा चार्ज गरेको भन्दै बिलहरु तिर्ने कुरामा दलाली गरिरहेका थिए। त्यसबेला डेभिड म्याककोर्ट उही साथीसँग पबमा थिए। यो सब सुनिसकेपछि साथीले उनको टाइमा समाएर भने ‘गर’ या ‘मर’!
 
उनका साथीले भने ‘म पनि लामो समय पैसा नउठेपछि ह्याम्मर लिएर पैसा नतिर्नेको घर अगाडि पुगेँ र पैसा नतिरेसम्म ह्याम्मरले हानिरहने र उसको पर्खाल भत्काइदिने धम्की दिएँ।’ साथीको कुरा डेभिड म्याककोर्टको मनमा गढ्यो।
 
उनले तत्काल पैसा नतिर्ने पार्टीलार्इ फोन गरे र भने, ‘म जमिनमुनिबाट आफ्नो केवलहरु निकालिदिन्छु। त्यसपछि सुरु भयो कानुनबिद्हरुसँग लामो छलफल। ममाथि थ्रेटहरु पनि आए तर त्यसको केही दिनमै त्यस पार्टीले मेरो सबै पैसा भुक्तानी गरिदियो।’
 
यस्ता घटनाहरु डेभिड म्याककोर्टको जीवनमा धेरैपटक आए र उनले उसैगरी समाधान पनि निकाल्दै गए।
 
त्यसको केही वर्षपछि नै उनले आफ्नो केवल नेटवर्क मेक्सिकोमा पनि विस्तार गरे। पछि उनले त्यो बिजनेस मेक्सिकन बिलिनियर कार्लोस स्लिमलार्इ बेचे। 
 
अमेरिकामा टेलिफोन नेटवर्कहरु प्रतिश्पर्धात्मक रुपमा सुरु हुँदै गर्दा उनले पनि कर्पोरेट कम्युनिकेसन्स् नेटवर्क नामको नेटवर्क खोले। तर पछि उनले त्यो कम्पनी बेचे।
 
डेभिड म्याककोर्टले केही टेलिभिजन च्यानलहरु पनि किने र टेलिभिजन कार्यक्रमहरु पनि बनाउन थाले । टेलिभिजन करियरमा उनले निर्माता बनेर केही एम्मी अवार्डहरु पनि जिते। डेभिड म्याककोर्टले बनाएको डकुमेन्ट्रीहरु अवार्ड जित्ने गरीका उत्कृष्ट थिए। 
 
आज म्याककोर्ट ‘ग्रानाहान म्याककोर्ट क्यापिटल’ जिएमसीका सिइओ छन्। उनको विश्वब्यापी ब्यापार सञ्जाल छ। आइरिस ब्रोडब्याण्ड बिजनेस ‘इ-नेट’ देखि साउदी अरेबियन कम्पनीसँग स्याटेलाइट टेक्नोलोजीमा साझेदारीसम्म, उनको ब्यापार सञ्जाल फराकिलो छ। 
 
जिएमसीले हालै टिभी बिजनेसमा पनि हात हालेको छ ‘एएलटिभीडटकम’। यसको खास विशेषता भनेको यसले विकासोन्मुख देशहरुबाट आउने भिजुलअहरु बापत पैसा पनि ‘पे’ गर्छ। विकासोन्मुख देशहरुबाट मोबाइल फोनमा खिचेर पठाएका समाचार, भिडियो तथा केही लामा डकुमेन्ट्रीहरु पाए बापत पैसा दिएर सहयोग गर्ने टेलिभिजनको निति रहेको डेभिड म्याककोर्टले बताए। 
 
म्याककोर्ट स्मार्टफोन एप ‘फाइन्डयर’ बाट पनि आशावादी छन्। यसले विश्वभरबाट सूचना संकलन गर्ने विषयमा क्रान्ति नै ल्याउने उनी बताउँछन्। यस एपमा पनि डाटा वा सर्भे फर्महरु भरे बापत ‘पे’ गरिने बताइएको छ।
 
डेभिड म्याककोर्ट भन्छन्, ‘कुनै सर्भेका लागि धेरै पैसा खर्च गरेर कर्मचारीहरु पठाउनुभन्दा समुदायकै सदस्यहरुलार्इ केही पैसा तिरेर उनीहरुबाट सूचना वा भौगोलिक जानकारी तथा तस्वीरहरु प्राप्त गर्दा दुबै पक्षलार्इ फाइदा हुन्छ।’ 
 
कारडिफ मेट्रोपोलिटन यूनिभर्सिटीका प्रोफेसर ब्रायन मोर्गान भन्छन्, ‘डेभिड पब्लिक प्राइभेट पार्टनरसिप सिर्जना गर्नसक्ने एक सफल उद्यमी हुन्। उनले आर्थिक रुपमा कमजोर रहेका र परम्परागत क्षेत्रमा मोबाइल तथा केवल नेटवर्क स्थापना गरी लगानी बढाउन सफल भए। यसै प्रक्रियामा उनले आफूलार्इ निकै धनीसमेत बनाए। बास्तवमा कन्सट्रक्टिभ इन्टरप्रेनुअरशिप यहि नै हो। उनले समुदायमा नयाँ बस्तु वा सेवा प्रवाह गरे बापत पूँजी बढाएका हुन्।’
 
डेभिड म्याककोर्ट अक्सर एकैसाथ धेरै प्रोजेक्टहरुमाथि काम गर्छन् र उनलार्इ आफ्नो गति कम गर्नु पनि छैन। भन्छन्, ‘म ब्यापारलार्इ प्रेम गर्छु। म यसभित्रको युद्धलार्इ प्रेम गर्छु। म प्रतिश्पर्धा मन पराउँछु र जित्न पनि। यि सबै मलार्इ गल्फ खेल्न, मदिरा पिउन वा टिभी हेर्नुभन्दा पनि प्रिय छन्।’
बिबिसीबाट

Tata
GBIME
Nepal Life