उद्योगलार्इ सस्तो ब्याजमा ऋण दिने व्यवस्था गर्न एफएनसीसीआर्इको आग्रह, स्प्रेडदर कम गर्न सुझाब

बिजमाण्डू
२०७४ असार १२ गते १९:२९ | Jun 26, 2017
काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बैंकिङ ब्याजदर छिटो परिवर्तन नहुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्।

Tata
GBIME
Nepal Life

महासंघको प्रतिनिधीमण्डलले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटका अवसरमा अध्यक्ष राणाले यो धारणा राखेकी हुन्।उनले औद्योगिक क्षेत्रका लागि सस्तो ब्याजमा ऋण लगानी हुने व्यवस्था गर्न सरकारसँग माग गरिन्।उनले बैंक तथा वित्तिय संस्थाको स्प्रेडदर कम हुनुपर्ने समेत बतार्इन्।

प्रशासकीय पुनरावलोकन र राजस्व न्यायाधिकरणमा जा“दा धरौटी राख्न नपर्ने व्यवस्था हुनुपर्ने, राजस्व न्यायाधिकरण ऐन २०३१ समसामयिक रुपमा संशोधन गरिनु पर्ने, राजस्व न्यायाधिकरणमा स्वतन्त्र व्यक्ति नियुक्त हुने व्यवस्था हुनु पर्ने सुझाब राणाले दिर्इन्।
 
उनले प्रत्यक्ष वैदेशिक लगानीलाई निरुत्साहित हुने गरी राजस्व नीति तथा कार्यक्रम ल्याउन नहुने बताउँदै औद्योगिक नीति, वाणिज्य नीति लगायतका नीतिसँग नबाझिने गरी एकरूपता कायम गरी राजस्व नीति ल्याउन आग्रह गरिन्।छलफलमा महासंघका तर्फबाट उपभोक्ता संरक्षण सम्बन्धी कानूनमा निजी क्षेत्रसंग समेत पर्याप्त छलफल पश्चातमात्र संसदमा लगिनुपर्ने,स्वदेशी लगानी प्रवद्र्धन, पर्यटन विकासका लागि अत्यावश्यक पूर्वाधार निर्माणमा राज्यको ध्यान जानुपर्ने, चीनले अगाडी सारेको वान वेल्ट वान रोड परियोजना अन्तरगत नेपालमा ठूलाठूला परियोजनामा चिनियाँ लगानी आकर्षित गर्नुपर्ने, बंगलादेशसंग पावर ट्रेड एग्रिमेन्ट गर्नुपर्ने लगायतका सुझाब दियो।
 
 अर्थमन्त्री कार्कीले उद्यमी व्यवसायीलाई सम्मान र प्रोत्साहन गर्न आफूले भरमग्दूर प्रयत्न गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकासमा आफ्नो मुख्य जोड रहने बताए।महासंघले उठाएका समस्याहरूलाई आफू र आफ्नो मन्त्रालयले अध्ययन गर्ने र त्यसक्रममा अझ बढी गहनरुपमा महासंघस“ग पुन बसेर छलफल गरी व्यवहारिक सुझावलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे।