राष्ट्रिय जनता पार्टी चुनाब बहिष्कार गर्ने निर्णय, चुनाबलार्इ प्रभावित बनाउन आन्दोलनको घोषणा

बिजमाण्डू
२०७४ जेठ १२ गते १७:०० | May 26, 2017
काठमाडौं। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय निर्वाचन आउन १९ दिन बाँकी रहँदा चुनावमा नभएर आन्दोलनमा जाने निर्णय गरेको छ। 
 

लिम्बुवान तथा विभिन्न जातीय पार्टीहरुको साथ लिएर आन्दोलनको घोषणा गरेको राजपाले आज पत्रकार सम्मेनल गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। 
 
भोलीबाट सुरु हुने घोषित आन्दोलनका कार्यक्रम पहिलो चरण अन्तर्गत आगामी १९ गतेसम्मका छन्। 
 
'सरकारले विभिन्न समयमा प्रतिबद्धता जनाए पनि अहिलेसम्म कुनै पनि पूरा भएको छैन,' राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले पत्रकार सम्मेलनमा भने, 'अहिले स्थानीय तहको संख्या थप गर्दा पनि हाम्रो माग अनुसार जनसंख्यालाई आधार बनाइएको छैन।' 
 
उनले सरकारले मधेश आन्दोलनमा लागेका राजनीतिक मुद्दा फिर्ताको काम पनि नगरेको र पीडितलाई क्षतिपूर्ति समेत नदिएको बताए। उनले संविधान संशोधनको मुल माग सम्बोधन नै नभएको भन्दै निर्वाचनमा जाने वातावरण सरकारले निर्माण गर्न नसकेको बताए। 
 
लाठी जुलुसदेखि बन्दसम्मका कार्यक्रम यस्ता छन् :
•    जेठ १३ गते जिल्लाका सबै उप महानगरपालिका नगरपालिकाका सदरमुकाममा मसाल जुलुस प्रदर्शन 
•     जेठ १४ गते जिल्ला सदरमुकाम नगरपालिका र गाउँ पालिकामा लाठी जुलुस प्रदर्शन। सबै मतदान केन्द्रमा संघर्ष समिति गठन गर्ने। 
•     जेठ १५ गते विभिन्न संघसंस्थाका प्रतिनिधि उद्योग व्यापारी बुद्धिजीवी, विभिन्न पेशाकर्मी पत्रकार, युवा छात्रा मजदुर आदिको बृहत अन्तर्क्रिया गर्न। 
•      साँझमा गणतन्त्र दिवशको अवसरमा सबै शहीदहरुको सम्झनामा मुख्य चोक चौराहामा मैनबत्ती बाली श्रद्धाञ्जलि अर्पण गर्ने। 
•     जेठ १६ गते जिल्लाका प्रत्येक गाउँपालका नगरपालिकाको निर्वाचन कार्यालयमा तालाबन्दी र घेराउ गर्ने। १७ गते सबै जिल्ला सदरमुकाम नगरपालिका र गाउँपालिकाका प्रमुख हाटबजारमा मसाल जुलुस प्रदर्शन गर्ने।
•     १८ र १९ गते मधेश थरुहट लिम्बुवान बन्द आम हड्ताल उम्मेद्वारी प्रक्रियालाई सक्रियतासाथ अवरोध गर्ने।
 
 

Tata
GBIME
Nepal Life