काठमाडौं।गोर्खा ब्रुअरीले धरानको वगरकोटमा रहेको सोती खोलामा २२ वटा सौर्य बत्ति र चार वटा सीसीटिभी क्यामरा राखेको छ।
स्थानीय वासिन्दा र प्रहरीको सहकार्यमा वगरकोटमा सौर्य बत्ति जडान गरेको हो।कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयस्तरको विकासलार्इ प्राथमिकता दिने रणनीतिसहित यो कार्यक्रम अघि बढाएको हो।
कार्यक्रममा कम्पनीका सेल्स निर्देशक काजिमान सुब्बाले यो परियोजनाबाट समाजलार्इ विकासतर्फ अघि बढाउन सहयोग पुग्ने बताए।वगरकोट युवाहरुको चर्चित सार्वजनिक स्थल हो।सोलार र सीसीटिभी क्यामराबाट शान्ति सुरक्षासँगै आन्तरिक पर्यटनमा समेत सहयोग पुग्ने कम्पनीको दाबी छ।
कम्पनीले यसअघि चैतमा काठमाडौंको हात्तिसारमा २१ वटा सौर्य बत्ति राखिसकेको छ।