'भूकम्प आउनु अघि नै सूचना दिने प्रविधिको विकास लागि नेपाल सरकारसँग काम गर्दैछौँ'




सन् १९६९ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापना भएको  इएसआरआई कम्पनी  जिओग्राफिकल इन्फरमेसन सिष्टम (जिआइएस)को क्षेत्रमा कार्यरत छ। १३० मुलुकमा उपस्थिती जनाएको र विश्व भर साढे तीन लाख बढी ग्राहक आधार बनाएको कम्पनीले नेपाल, भारत र भूटानको व्यवसाय हेर्ने गरी इएसआरआई इन्डिया स्थापना गरेको छ। विश्वभरबाट बार्षिक डेढ अर्ब अमेरिकी डलर हाराहारीको व्यवसाय गर्ने कम्पनीले आफुलाई जिआइएसमा मार्केट लिडर रहेको दावी गर्दै आएको छ। नेपालमा गोल्छा अर्गनाइजेसनसँगको सहकार्यमा राम्रै ग्राहक आधार बनाइ सकेको र थप बजार बिस्तारको तयारीमा रहेको कम्पनीले हालै आयोजना गरेको 'युजर कन्फ्रेन्स'मा भाग लिन इएसआरआई इन्डियाका प्रेसिडेन्ट अगेन्द्र कुमार काठमाडौं आएका थिए। उनलाई बिजमाण्डूको प्रश्न थियो- नेपाल आएर यस्तो सम्मेलन गर्नुका पछाडी कम्पनीले देखेको भावी बिजनेश के हो?
 


हामीले नेपालमा समेत पहिलो पटक 'युजर कन्फ्रेन्स' आयोजना गरेका हौं। इएसआरईका लागि ग्राहकको प्रतिकृया अन्यन्त महत्वपुर्ण हुन्छ। हामी विश्वभरनै यस्तो कन्फ्रेन्स आयोजना गर्छौं। गत जनवरीमा भारतमा आयोजना गरेको कन्फ्रेन्समा करिब १२ सय सहभागी थिए। 
 
नेपालमा पहिलो पटक आयोजना गरेको कन्फ्रेन्समा करिब ३०० जनाको सहभागिता रह्यो। पहिलो कन्फ्रेन्स भएका कारण यो हाम्रा लागि उत्साहजनक उपस्थिती हो। भूगोलको क्षेत्रमा काम गर्ने नापी विभाग जस्ता सरकारी निकाय अलावा विश्व स्वास्थ्य संगठन, इसिमोड जस्ता संस्था नेपालमा हाम्रा ग्राहक हुन्। त्यसैले यहाँ हाम्रो 'युजर कम्युनिटी' यस अघि नै स्थापित भइसकेको छ। जिआइएस अध्यापन गराउने केही कलेज एवं विश्व विद्यालय पनि हामीसँग आवद्ध छन्। 
 
हामीले यस्ता कन्फ्रेन्स गर्नुको कारण हाम्रो नयाँ प्रविधी बारे थप जानकारी दिनु र ग्राहकको प्रतिकृया सुन्नु हो। यस्तो कार्यक्रममा फरक क्षेत्रका मान्छेहरुको भेट हुने हुँदा हाम्रो नेटवर्क पनि फराकिलो हुँदै जान्छ। त्यसैले भोलीका दिनमा नेपालमा हाम्रो बजार अझ विस्तार हुनेछ भन्ने मेरो विश्वास छ। 
हाम्रो कन्फ्रेन्सको मुख्य 'थिम इनेवलिङ ट्रान्सफर्मेसन' भन्ने थियो। अहिले विश्व नै परिवर्तनको संघारमा छ। नेपाल पनि त्यही गतिमा छ। यहाँ लोडसेडिङको समस्या समाधान भएको छ भने खानेपानीको समस्या पनि छिट्टै सुल्झिँदैछ। सडकको अवस्था सुध्रिंदैछ, आर्थिक बृद्धिदर साढे छ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ, ग्रामीण भेगबाट सहरी इलाकामा बसाइँ सराइ बढ्दो छ।

अर्कोतिर राज्यप्रति जनताको अपेक्षाको ग्राफ पनि उकालो लागि रहेको छ। शिक्षा, स्वास्थ्य, जीवन स्तर लगायत हर क्षेत्रमा राज्यको भूमीका थप प्रभावकारी होस् भन्ने आम नागरिकको चाहना छ। यस्तो बदलिँदो परिप्रेक्षमा भौगोलिक तथ्याङ्क र जानकारी सँगालेर अघि बढ्न सरकार एवं सरोकारवाला सबैलाई अझ सजिलो हुन्छ। त्यसका लागि हाम्रो प्रविधीले ठूलो सघाउ पुर्याउँछ।
 
नेपालमा जिआएएसको शिक्षाको स्तर कहाँ पुगेको यहाँ पाउनु हुन्छ?
यहाँ केही शिक्षण संस्थाले जिआइएसबारे अध्यापन गर्दै आएका छन्। केहीले त हामी सँग सहकार्य पनि गरेका छन्। तर अझै पनि हामीले धेरै काम गर्न बाँकी छ भन्ने मलाइ लाग्छ। हामीले अझ धेरै शिक्षण संस्थालाई यो विधा समेट्न प्रोत्साहित गर्नु पर्नेछ र उनीहरुलाई सहयोग समेत उपलब्ध गराउनु पर्नेछ। 
नेपालमा जिआइएसको थप बजार कहाँ कहाँ देख्नु भएको छ?
नेपालमा जिआइएसको प्रयोग राम्रै स्तरमा भइ रहेको छ।

जिआइएसको प्रयोगबाट जमिन र जमिनजन्य स्रोत साधनको व्यवस्थापनमा नेपाललाई धेरै सहजता प्राप्त भएको छ। तर, अझै पनि यो पर्याप्त छैन।  जल, जंगल, जमिन एवं खनिज पदार्थको प्रयोग र व्यवस्थापनमा यसलाई अझ प्रभावकारी ढंगले उपयोग गर्न सकिन्छ। त्यस बाहेक पानी, बिजुली, एवं दूर सञ्चारको विस्तारमा जिआइएसलाई प्रयोग गर्न सकिन्छ।

उदाहरणको लागि पावर हाउस, ट्रान्समिसन लाइन,  ट्रान्सफरमर देखि सब स्टेसनसम्मलाई जिआइएस सिष्टममा म्यापिङ गर्न सकियो भने त्यसको मेन्टिनेन्स लगायतका काम धेरै सहज हुनेछन्। एक पटक जिआइएस सिष्टममा राखि सकेपछि त्यसले सधैं काम गर्छ। यसले नेटवर्किङलाई पनि सजिलो पार्छ र खर्च कटौतीमा पनि सघाउ पुर्याउँछ। खानेपानी एवं दूरसञ्चार प्रणाली व्यवस्थापनमा पनि यहि फर्मुला लागु हुन्छ। त्यस बाहेक नेपालका म्यानिफ्याक्चरिङ कम्पनी देखि अन्य धेरै क्षेत्रमा जिआइएसको संभावना रहेको छ।
 
नेपाल भूकम्पीय उच्च जोखिमको क्षेत्रमा पर्छ। भूकम्पको सम्भावित क्षति न्यूनीकरणका लागि काम गर्न संभव छ?

अवश्य। भूकम्प लगायत दैवी प्रकोपमा जोखिम घटाउने दुई उपाय हुन्छन्। एक विपत्ति आइ सकेपछि उद्धारमा तदारुकता देखाउनु र अर्को चाहिँ प्रकोप आउनु अगाडी नै सुचना दिएर सतर्कता अपनाउन सक्नु।

यस मध्ये दोस्रो विकल्पलाई प्राथिमकता दिनु पर्छ। जस्तो भूकम्प आउन लाग्दा त्यसको केही सेकेन्ड अगाडी मात्रै भए पनि मोवाइल एप मार्फत सूचना दिन सक्ने प्रविधिले मानिसको ज्यानै बचाउन पनि महत्वपुर्ण सहयोग गर्छ। जिआइएसमा यो प्रविधी सम्भव छ। क्यालिफर्नियामा यसलाई सफलतापूर्वक प्रयोग गरि सकिएको छ र नेपाल पनि यो प्रविधि विकासका लागि हामी सरकारसँगको समन्वयमा छौँ।
 
विपत्ति आइ सकेपछि उद्धारको काम गर्न त झन् जिआइएस अपरिहार्य नै छ। विपत्तिको अवस्था कस्तो छ र त्यसलाई कसरी उद्धारमा खट्ने भनेर स्याटेलाइटल चित्रहरुले धेरै ठूलो भूमिका निभाउँछन्।

कहाँ कहाँ क्षति पुगेको छ भन्ने यथार्थ आंकलन गर्न सकिएमा कति मान्छेलाई खाना पुर्याउनु पर्छ या कतिलाई उद्धार गर्नु पर्छ भनेर योजना बनाउन सजिलो हुन्छ। दुई बर्ष अघि नेपालमा भूकम्प जाँदा हाम्रो कम्पनीले धेरै संस्थालाई तथ्याङ्क उपलब्ध गराउने मौका पाएको थियो। हाम्रो तथ्याङ्को आधारमा इसिमोड समस्या व्यवस्थापनका लागि सरकारी निकायसँग समन्वय गर्न सफल भएको थियो। 

Share this Story

   

'भूकम्प आउनु अघि नै सूचना दिने प्रविधिको विकास लागि नेपाल सरकारसँग काम गर्दैछौँ' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.