सिटिजन्स बैकले पनि ल्यायो बचत खातामा नयाँ स्किम, बार्षिकोत्सवमा सामाजिक कामको घोषणा

बिजमाण्डू
२०७४ बैशाख ७ गते १६:५२ | Apr 20, 2017
सिटिजन्स बैकले पनि ल्यायो बचत खातामा नयाँ स्किम, बार्षिकोत्सवमा सामाजिक कामको घोषणा
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले पनि बचत खातामा नयाँ स्किम ल्याएको छ। बैंकले बिहीबार दशौं बर्ष पुरा गरेको उपलक्ष्यमा दशक बचत खाता ल्याएको हो।
 
यो योजनाअन्तर्गत ग्राहकले ५ हजार न्युनतम मौज्दात राख्नु पर्छ। बैकले ग्राहकलाई पाँच प्रतिशत ब्याज उपलब्ध गराउने छ। यसका साथै निशुल्क अन्तर बैंक कारोबार तथा सेयरको डिम्याट सेवा पनि उपलब्ध हुन्छ। बैंकले लकर शुल्कमा ५० प्रतिशत छुट दिने छ। 


 
बैंकले बार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडकमै जीवन विताइरहेका शारिरीक रुपमा अशक्त व्यक्तिहरुलाई  संरक्षण गर्ने काम गर्दै आएको चितवन मानव सेवा आश्रमलाई तीन लाख आर्थिक सहयोथ गरेको छ।
 
नेपाली संगीतकर्मीको उत्थानमा समर्पित संगीतकार संघ नेपाललाई पनि तीन लाख रुपैयाँ उपलब्ध गराएको छ। बैंकले वाल विकास समाजलाई एक लाख ३० हजार, स्नो याक फाउन्डेसनलाई एक लाख सहयोग गरेको छ।
 
साथ र बेबी लाइफ होमालई एक लाख रुपैयाँ, आरोग्य फाउन्डेसनलाई दुई लाख, बन्दि सहायता नेपाललाई एक लाख ४० हजार, कुलेश्वर माध्यमित विद्यालयलाई कम्प्युटर कक्ष निर्माणका गर्न दुई लाख १० हजार, वाल विनोद माध्यमिक विद्यालयलाई  कक्षा कोठोक झ्याल राख्न दुई लाख, कमल निम्न माध्यमिक विद्यालयलाई दुई लाख ५० हजार उपलब्ध गराएको छ। 
 
त्रीवेणी सामूदायिक पुस्तकालय तथा श्रोता केन्द्रलाई ५० हजार, नर्वदेश्वर महादेवको मन्दिर निर्माण गर्ने गुठीलाई एक लाख ५० हजार, दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरलाई एक लाख ५० हजार, किल्निक वानलाई एक लाख रुपैयाँ, अभय उपचार केन्द्रलाई दुई लाख दिएको छ। बैंकले अरु संस्थालाई पनि आर्थिक सहयोग गरेको छ।

Tata
GBIME
Nepal Life