मूल्यको आधा डाउन पेमेन्ट जोहो नगरे बैंकले गाडी किन्न ऋण नदिने, सार्वजनिकलाई यस्तो छ नियम

बिजमाण्डू
२०७३ फागुन १९ गते १७:५३ | Mar 2, 2017
मूल्यको आधा डाउन पेमेन्ट  जोहो नगरे बैंकले गाडी किन्न ऋण नदिने, सार्वजनिकलाई यस्तो छ नियम

काठमाडौं। भोलीबाट बैंकबाट ऋण लिएर गाडी किन्नु परेमा ५० प्रतिशत डाउन्ड पेमेन्टको जोहो आफैँले गर्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्द्ध बार्षिक समिक्षामा घोषणा भएअनुसार बिहीबार निर्देशन जारि गर्दै यस्तो ब्यवस्था गरेको हो।

Tata
GBIME
Nepal Life

यसअघि २० लाखको गाडि किन्दा दुई लाख रुपैयाँ मात्र डाउन पेमेन्टको जोहो गर्दा हुन्थ्यो भने भोलीबाट १० लाख रुपैयाँ जोहो नगरि गाडी किन्न बैंकले फाइनान्स गर्दैनन्।

बैंकहरुले सजिलै मार्केटिङ गर्न सकिने र जोखिम पनि कम भएको भन्दै गाडीमा लगानी वढाएका थिए। लगानी ब्यापक विस्तार भएपछि राष्ट्र बैंकले सीमा तोकेको हो। खासगरी व्यक्तिगत प्रयोजनका लागि किनिने सवारी साधन कर्जामा यो नियम लागू हुन्छ।

विगतमा व्यक्तिगत गाडी किन्दा सजिलो थियो। बैंकहरुले सार्वजनिक सवारी साधनलाई दिने ऋणभन्दा व्यक्तिगतलाई दिने ऋणको ब्याज पनि सस्तो गर्थिए।

नयाँ ब्यवस्थाले सार्वजनिक यातायात, निर्माण एवं पर्यटन, शिक्षा, स्वास्थ्य, ढुवानीजस्ता सेवाका लागि खरिद गर्ने गाडीलाई छुँदैन।