लगानी सम्मेलनमा आउँदैछन् भारतीय अर्थमन्त्री अरुण जेट्ली, अढार्इ सय लगानीकर्ता सहभागी हुने

बिजमाण्डू
२०७३ फागुन १५ गते १७:०४ | Feb 26, 2017
लगानी सम्मेलनमा आउँदैछन् भारतीय अर्थमन्त्री अरुण जेट्ली, अढार्इ सय लगानीकर्ता सहभागी हुने
काठमाडौं।सरकारले गर्न लागेको नेपाल लगानी सम्मेलनमा भारतीय अर्थमन्त्री अरुण जेट्ली र एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जीन लिक्वान प्रमुख वक्ताका रुपमा सहभागी हुने भएका छन्।

Tata
GBIME
Nepal Life

फागुन १९ र २० गते हुने लगानी सम्मेलनमा जेटली र लिक्वान प्रमुख वक्ताको रुपमा मन्तब्य राख्नेछन्।सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन्।उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजनामा हुने सम्मेलनबाट नेपाललार्इ लगानीको आकर्षक गन्तब्यको रुपमा स्थापित गर्ने उदेश्य रहेको छ।

सम्मेलनमा उर्जा,पूर्वाधार,पर्यटन,सूचना प्रविधि,वित्तिय क्षेत्र,खानी तथा खनिज,कृषि तथा वनजन्य उत्पादन लगायतका विभिन्न नौ वटा विषयगत सत्र हुनेछन्।लगानीका प्रमुख सम्भावना भएका क्षेत्रको सेक्टोरल प्रोफाइल प्रस्तुत गरिने कार्यक्रम रहेको बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

सम्मेलनमा भारत,चीन,बंगलादेश,श्रीलंका,सिंगापुर,हङकङ,मलेसिया,अष्ट्रेलिया,फ्रान्स,जापान,इटाली,अमेरिका,रुस,क्यानडा,बेलायत,फिनल्याण्ड लगायत दुर्इ दर्जन मुलुकका अढार्इ सय व्यक्तिगत र संस्थागत लगानीकर्ता सहभागी हुनेछन्।तीन सय स्वदेशी लगानीकर्ता र विज्ञहरुको सहभागिता रहने बोर्डले जनायो।