मिर्मिरे माइक्रोफाइनान्सको ५०% हकप्रद आउँदै, धितोपत्र बोर्डमा निवेदन, पूँजी पौने ७ करोड पुग्ने

बिजमाण्डू
२०७३ फागुन ८ गते १३:५२ | Feb 19, 2017
काठमाडौँ । मिर्मिरे माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद शेयर निस्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निबेदन दिएको छ। कम्पनीले एक करोड ५० लाख रुपैयाँ बराबरको एक लाख ५० हजार कित्ता हकप्रद शेयर निस्कासन गर्न लागेको हो।
 
गत १४ पुषमा सम्पन्न कम्पनीको साधारण सभाले  ५० प्रतिशत बोनश र त्यसपछि कायम हुने चुक्ता पूँजीमा ५० प्रतिशत हकप्रद शेयर दिने निर्णय गरेको थियो। 
 
बोनस शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी चार करोड ५० लाख रुपैयाँ पुग्नेछ। अब दिने ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी ६ करोड ७५ लाख रुपैयाँ नाघ्नेछ।
 
कम्पनीले पुष मसान्तसम्ममा ८४ लाख खुद मुनाफा आर्जन गरेको छ भने प्रति शेयर आम्दानी ५६.०२ रुपैयाँ पुगेको छ। कम्पनी प्रति शेयर नेटवर्थ १७८.८८ रुपैयाँ रहेको छ।         
 
 

Tata
GBIME
Nepal Life