सात बर्षकी फुच्चीले गुगलका सिइओलाई जागिर माग्दै चिठ्ठी लेखिन्, के आयो त जवाफ ?

बिजमाण्डू
२०७३ फागुन ५ गते १७:२२ | Feb 16, 2017

बेलायत। सात बर्षको उमेरमा बच्चाहरुले डाक्टर, पाइलट वा इन्जिनियर बन्न चाहन्छन् तर एक बच्चीले गुगलमा काम गर्ने इच्छा व्यक्त गरेकी छिन् ।

Tata
GBIME
Nepal Life

बेलायतमा बस्ने क्लोई नाम गरेकी बच्चीले गुगलका सिइओ सुन्दर पिचाईलाई चिठ्ठी लेखेर आफू किन गुगलमा काम गर्न चाहेको सबै बताएकी छिन् ।

क्लोइले हातले लेखेको उक्त चिठ्ठीमा उनलाई कम्प्युटर चलाउन राम्रोसँग आउने बताएकी छिन् । उनले गुगलमा बस्नका लागि ठूलो ठाउँ र इलेक्ट्रिक गाडीसमेत भएका कारण काम गर्न चाहेको उल्लेख गरेकी छिन् ।

सानी नानीको यो पत्र यसै खेर गएन जब गुगलका सिइओ पिचाईले क्लोइलाई जवाफ फर्काए तब यो चिठ्ठीले विश्वभरनै चर्चा पायो ।

यस्तो लेखिएको छ चिठ्ठीमा

मेरो नाम क्लाई हो। म ठूली भएर गुगलमा काम गर्न चाहन्छु। म चकलेट फ्याक्ट्री तथा पौडी खेलमा ओलम्पिकका लागि पनि तयारी गर्न चाहन्छु। मलाई कम्प्युटरका बारेमा ज्ञान छ मेरो एउटा ट्यावलेट पनि छ।

मेरो बावाले मलाई एउटा गेम दिनुभएको छ जसवाट म रोवर्ट पनि चलाउन सक्छु। बावाले मलाई कम्प्युटर पनि दिन्छु भन्नुभएको छ। म सात बर्षकी भएँ र मलाई मेरा टिचरहरुले मलाई पढ्नमा पनि राम्रो छु भन्नुभएको छ।

बावाले मलाई तिमी राम्रोसँग पढेपछि तिमीलाई गुगलको जागिर मिल्छ भनेर भन्नुभएको छ।
मेरो चिठ्ठी पढिदिनुभएकोमा धन्यवाद।

क्लोइलाई चिठ्ठीको जवाफ पनि आएको छ र चिठ्ठीमा गुगलका सिइओ सुन्दर पिचाईको हस्ताक्षर समेत थियो।

पिचाईले जवाफ दिँदै तिमीलाई कम्प्युटर र रोवर्टका बारेमा ज्ञान रहेछ। तिमीलाई टेक्नोलोजीका बारेमा जान्ने इच्छा ज्यादै रहेछ। मलाई लाग्छ तिमीले मिहिनेतका साथ राम्रोसँग पढ्यौ भने एकदिन अवश्य गुगलमा काम गर्न पाउँछ्यौ र ओलम्पिक पनि जित्नेछौ।

स्कुल सकिएपछि तिमीले मलाई जागिरका लागि एप्लिकेसन दिनु म त्यहि एप्लिकेसनको पर्खाइमा रहनेछु भनेका छन् ।

क्लोईका पिताले सामाजिक सञ्जाल लिङ्क्डइनमा चिठ्ठी सार्वजनिक गर्दै केहि बर्ष पहिले कार दुर्घटनामा परेकी  क्लोई धेरै डराउने गरेकी तर पिचाईको चिठ्ठीले क्लोईलार्इ उत्साहित बनाएको र सकारात्मक प्रभाव पारेको बताए ।

अब क्लोई स्कुलमा राम्रो पढ्नमा ध्यान दिनेछिन् ताकी उनी पछि गुगलमा काम गर्न सकुन्। अत्यन्तै ब्यस्त हुने गुगलका सिइओले एक सामान्य बच्चीकालागि समय निकालेर चिठ्ठीको जवाफ दिएपछि यसले निकै चर्चा पाएको  हो ।