ललितपुरमा खुल्यो एक्सीएमजीको हेभी इक्युपमेन्ट शोरुम, बिक्रीपछिको सेवा केन्द्र सानोठिमीमा

बिजमाण्डू
२०७३ फागुन ३ गते १५:२८ | Feb 14, 2017

ललितपुर। आईडिएमसी प्रा.लि.ले एक्सीएमजी नामक हेभी इक्युपमेन्टकोे एक्स्क्लुसिभ शोरुम ललितपुरको भनिमण्डलमा सञ्चालनमा ल्याएको छ ।

Tata
GBIME
Nepal Life

शोरुमको आईडिएमसी प्रा.लि.का अध्यक्ष प्रविण ढुङ्गाना र जुझाउ कन्सट्रक्सन मेसिनरी ग्रुप कं. लि (एक्सीएमजी), चीनका सह अध्यक्ष एवं महाप्रबन्धक डा. ज्याङसेन लिउले संयुक्त रुपमा उद्घाटन गरे । 

एक्सीएमजीको नेपालको लागि आधिकारिक विक्रेता आईडिएमसी प्रा.लि रहेको छ । जुझाउ कन्सट्रक्सन मेसिनरी ग्रुप कं. लि. को स्थापना सन् १९८९ चीनमा भएको हो ।

बिश्वको हेवी ईक्युपमेन्ट बजारमा अत्याधिक माग रहेको ५ ब्राण्डहरु मध्ये एक्सीएमजी ब्राण्ड पनि एक हो भने चीनमा सबैभन्दा धेरै बिक्री हुने  हेवी ईक्वीपमेन्ट ब्राण्ड हो ।

बिक्रीपछिको सेवाकालागि कम्पनीले भक्तपुरको सानोठिमीमा मर्मत केन्द्र समेत खोलेको छ । सेवा केन्द्रबाट कम्पनीले चाईनीज बिषेशज्ञ ईन्जिनियर समेत उपलब्ध गराई सेवा प्रदान गर्दै आएको आईडीएमसी प्रा.लि.का प्रबन्ध निर्देशक पुरुषोत्तम सुवेदीले जानकारी दिए ।

शोरुमको स्थापन संगै एक्सीएमजीको रोड रोलर, सोयल कम्प्याक्टर, डबल ड्रम कम्प्याक्टर, ब्याकहो लोडर, लोडर, मोटर ग्रेडर, मोबाइल क्रेन, लरी क्रेन, क्वाइलर क्रेन, डिजेलबाट चलाउन सकिने फोर्कलिफ्ट ट्रक, मोबाइल टावर क्रेन समेत आईडिएमसीले नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।

एक्सीएमजीले २००० टन क्षमताको अल टेरिन क्रेन ५००० टन सम्म क्षमताका क्राउलर क्रेन, चीनमा सबैभन्दा बढी क्षमताको १२ टनको लोडर मेसिन, १०० मीटर माथि आकाशमा पनि आगो निभाउन सक्ने मेसिन र चौथो पुस्ताको सडक निर्माण मेसिन औजारसम्म निर्माण गरिसकेको छ ।

यसले विकास गरेका २१५६ रजिष्टर्ड पेटेन्ट, १६४ पेटेन्टेड आविष्कारको साथै १०० भन्दाबढी आफ्नै प्रविधिले विकास गरेका उत्पादनहरु छन् ।