काठमाडाैं। मुक्तिनाथ विकास बैंक लिमिटेडले अास्वा सेवाको अनुमति पाएको जनाएको छ । बैंकको केन्द्रीय कार्यालय पोखराबाट काठमाडौं सर्नै लागेको बेला आस्वाको अनुमति पाएको हो ।
बैँकको सञ्चालनमा रहेका ४७ वटा कार्यालयहरुबाट अास्वा सेवा दिने प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । बैँकका अनुसार यसका धेरैजसो शाखाहरु ग्रामीण र दुर्गम क्षेत्रमा रहेकोले दुर्गमका नागरिकहरुले यो सेवा प्राप्त गर्नेछन् ।
अहिले संचालनमा रहेका बैँकका ४ वटा सीमित बैँकिङ्ग कार्यालयहरुबाट समेत यो सेवा दिने तयारी भैरहेको पनि बैंकले जनाएको छ ।
बैँकले काठमाडाैंको कमलादी, पर्साको वीरगञ्ज, धादिङ्गको आदमघाट र ओखलढुंगाको सिद्धिचरणबाट कारोबार शुरु गरिसकेको छ । केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भने केही दिनमा सञ्चालनमा अाउने विज्ञप्तिमा उल्लेख छ ।