फेसबुकले परिवर्तन गर्‍यो मेसेन्जर, निकनेम एडिटदेखि इमोजी परिवर्तनसम्मको सुविधा

बिजमाण्डू
२०७३ माघ ९ गते १४:२७ | Jan 22, 2017

फेसबुकले मेसेजहरु आदानप्रदान गर्नका लागि आफ्नो साइटमा रहेको मेसेन्जर परिवर्तन गरेको छ। यसअघि मोबाइल एपमा मेसेज हेर्नका लागि मेसेन्जर नामको छुट्टै एप अनिवार्य इन्स्टल गर्नुपर्ने बनाएको थियो। 

Tata
GBIME
Nepal Life

 

तपाईँहरुले याद गर्नुभएको होला, डेस्कटपमा फेसबुक चलाउँदा मेसेन्जरको लोगो पनि परिवर्तन भएको छ। दायाँ छेउको मेसेन्जर लोगोमा क्लिक गर्दा खासै कुनै परिवर्तन नदेखिए पनि बायाँ छेउमा न्युजफिडमुनि रहेको मेसेन्जर लोगोमा क्लिक गर्दा भने फरक देख्न सकिन्छ। 


यो परिवर्तन फेसबुकले आफ्नो मेसेन्जर नामको डेस्कटप एप (www.messenger.com) मा भए सरह छ। 

यसको दायाँ छेउमा रहेका अप्सन्सबाट सर्च गर्न सकिने, निकनेम एडिट गर्न सकिने, रङ र इमोजी परिवर्तन गर्न सकिने र नोटिफिकेसन पनि म्युट गर्न सकिन्छ।