बैंकलाई ब्रोकर लाइसेन्स: दवाव थेग्न नसकेपछि नेप्सेले भारी धितोपत्र वोर्डको थाप्लोमा सार्यो

बिजमाण्डू
२०७३ माघ ५ गते १४:४७ | Jan 18, 2017

काठमाडौं। बाणिज्य बैकहरुलाई सेयर कारोबार गर्ने ब्रोकर लाइसेन्स दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हच्केको छ। अहिले सेयर कारोबार गरिरहेका ब्रोकरहरुको दवाव थेग्न नसकेपछि नेप्सेले बैंकलाई लाइसेन्स दिने बिषयलाई धितोपत्र वोर्डको काँधमा थोपरिदिएको छ।

Tata
GBIME
Nepal Life

नेप्सेले बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने प्रकिया अघि बढाउने बिषयमा धितोपत्र बोर्डलाई तान्दै उसँग निर्देशन माग गरेको छ।

सेयरको दोस्रो बजार सुधारका सम्बन्धमा अध्ययन गरेको समितिले बाणिज्य बैंकलाई लाइसेन्स दिँदा हुनसक्ने अप्ठेरा र प्रक्रिया उल्लेख गरी प्रतिवेदन पेश गरेको थियो। नेप्सेले यो प्रतिवेदनलाई राखेर धितोपत्र वोर्डसँग बैंकलाई लाइसेन्स दिनका लागि निर्देशन माग गरेको हो।

समितीले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनलाई उदृत गर्दै बाणिज्य बैंकहरुलाई स्टक ब्रोकरको काम गर्न रोक लगाइयो प्रतिवेदन तयार पारेको थियो। उसले राष्ट्र बैंक र धितोपत्र बोर्डको समन्वयमा बाणिज्य बैंकका सहायक कम्पनीलाई स्टक ब्रोकर लाइसेन्स दिन सकिने सुझाव दिएको थियो।

'स्टक ब्रोकरको दवाबले नेप्से संचालक समितिले बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने वा नदिने बिषयमा निर्णय गर्न सकेन,' नेप्से स्रोतले भन्यो,  'त्यही भएर धितोपत्र बोर्डको निर्देशन मागिएको हो।'
 
बाणिज्य बैंकलाई लाइसेन्स दिनुपर्छ भनेर धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले भन्दै आएका छन्। धितोपत्र बोर्डले दिने निर्देशन अनुरुप नेप्सेले निर्णय गर्ने नेप्से स्रोतले जानकारी दियो।