नेपाल टेलिकमले ल्याउँदैछ प्रिपेड मोवाइलमा क्रेडिट ब्यालेन्स सुविधा

बिजमाण्डू
२०७३ पुष २५ गते ०७:२६ | Jan 9, 2017
पोखरा। नेपाल टेलिकमले प्रिपेड मोवाइलका ग्राहकलाई ‘क्रेडिट ब्यालेन्स’को सुविधा दिने भएको छ। टेलिकमले केही दिनभित्रै यो सुविधा ल्याउने जानकारी दिएको छ।

Tata
GBIME
Nepal Life

यो सुविधा निजी क्षेत्रको एनसेलले ल्याइसकेको छ।ब्यालेन्स सकिएपछि तत्कालका लागि १० रुपैयाँसम्म ‘क्रेडिट ब्यालेन्स’ लिन सकिन्छ। ग्राहकले ‘ब्यालेन्स’ हालेपछि ‘क्रेडिट’ रकम टेलिकमको सिस्टमले आफै काट्छ।टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकलार्इ ब्यालेन्स सकिएर अप्ठयारोमा परेको बेला उपयोग गर्नका लागि क्रेडिटमा ब्यालेन्स दिने सुविधा ल्याउन लागेको जानकारी दिर्इन्।

 
आपतकालीन अवस्थामा कसैसँग सम्पर्क गर्नुपरेमा सहज होस भनेर पाँचदेखि १० रुपैयाँसम्म उधारोमा लिन सकिने व्यवस्था गर्न लागिएको राजभण्डारीले बताइन्। उनले कलर रिङव्याक टोन (सिआरविटी) सेवालाई पनि सुचारु गर्ने बताइन्।पोखरा उपमहानगरपालिका-१८ स्थित छिनेडाँडामा नेपाल टेलिकमको एमएसएजी एक्सचेञ्ज सेवाको उद्घाटनको अवसरमा उनले यो जानकारी दिएकी हुन्।
 
राजभण्डारीले टेलिकमले देशको सामाजिक र आर्थिक क्षेत्रमा समेत योगदान दिने बताउँदै सरकारलाई धेरै राजश्व दिने कम्पनी हुने बताईन्। उनले नयाँ विस्तार भएको एक्सचेन्जले सातसय २६ वटा लाइन विस्तार गर्न सकिने बताइन्। कार्यक्रममा टेलिकमले ५० रुपैयाँ टक टायम भ्यालु भएका प्रिपेड सिमकार्ड निशुल्क वितरण गरेको थियो।
 
कार्यक्रममा मन्त्री राम कार्कीले नेपाललाई डिजिटल बनाउने कामको सुरुवात पोखराबाट गरिने बताए। उनले नेपाल टेलिकमले सहायक कम्पनी खडा गरि थप क्षेत्रमा समेत लगानी गर्न पाउने प्रावधान ल्याउने जानकारी दिए। 
 
पोखरा मुलुककै पहिलो फ्री वाइफार्इ जोन हुने !
पोखरालाई फ्री वाइफाई जोन बनाइने भएको छ। पोखराको छिनेडाँडामा टेलिकमको एक्सचेन्ज काउन्टरको उद्घाटन गर्दै मन्त्री कार्कीले पोखरालाई नेपालको पहिलो फ्री वाइफाइ जोन बनाउने बताएका हुन्। 
 
सांसद रविन्द्र अधिकारीले राखेको पोखरालाई फ्री वाइफाई जोन बनाउनुपर्ने प्रस्तावमा उनले यो धारणा राखेका हुन्।पोखराका स्थानीय, सरकार तथा टेलिकमले लगानीको खाँका बनाएर अघि बढ्नुपर्ने अधिकारीले बताए। उनले पोखराका जनताले फ्री वाइफाई जोनका लागि १० देखि १५ प्रतिशत लगानी गर्न सक्ने बताए।