पत्याउनुस् बाँकी नेपालको तुलनामा काठमाडौंमा मूल्य बृद्धि निकै कम छ, पोहोरभन्दा कम भाउ वढाइ

बिजमाण्डू
२०७३ कात्तिक ५ गते १५:११ | Oct 21, 2016
पत्याउनुस् बाँकी नेपालको तुलनामा काठमाडौंमा मूल्य बृद्धि निकै कम छ, पोहोरभन्दा कम भाउ वढाइ

काठमाडौं । तपाईले बजार भाउ वढेको अनुभव गर्नु भएको होला । तर नेपाल राष्ट्र बैंकले भने मूल्य बृद्धि घटेको तथ्यांक सार्वजनिक गरेको छ ।
उसले भदौ महिनाको मूल्य बृद्धि दर अघिल्लो बर्षको भदौसँग तुलना गर्दै घटेको जनाएको हो । गत बर्षको भदौमा बजार भाउ ८.६ प्रतिशतले बढेको थियो । यसपाली भने यो घटेर ७.९ प्रतिशतले मात्र बढेको छ।

Tata
GBIME
Nepal Life

चिनी, चिनीजन्य पदार्थ, फलफुल, दाल तथा गेडागुडी, मदिरा, मसला, लत्ताकपडा तथा जुत्ताको भाउ भने केही बढेको छ ।

मूल्य बृद्धिको असर अरु ठाउँको तुलनामा काठमाडौंमा कम परेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । पहाडतिर १०.३ प्रतिशतले मूल्य बढ्यो भने हिमालमा साढे सात र तराईमा ७.४ प्रतिशत मूल्य बढेको छ । तर काठमाडौं उपत्यकामा भने जम्मा ६.६ प्रतिशतले मात्र मूल्य बढेको छ।