पुर्णिमा विकासको हकप्रद भदौ १ बाट, लगानीकर्ताले चुक्ता पुँजीको ५० प्रतिशत पाउने, पुँजी ३० करोड

बिजमाण्डू
२०७३ साउन १४ गते ००:०० | Jul 29, 2016

काठमाडौं । पूर्णिमा विकास बैंक लिमिटेडले भदौ १ गतेबाट हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १० लाख ८ हजार ५४३ कित्ता हकप्रद सेयर निस्कासन गर्ने भएको हो ।
 
बैंकले आफ्ना सेयरधनीलाई दुई बराबर १ अर्थात ५० प्रतिशत सेयर वितरण गर्न लागेको हो । बैंकको सेयरको निस्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल छ ।
 
२० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको हकप्रद निस्कासनपछि पुँजी ३० करोड रुपैयाँ पुग्ने छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजी चार गुणासम्म बढाएपछि पुर्णिमाले हकप्रदको विकल्प रोजेको हो ।

Tata
GBIME
Nepal Life