‘इपिएस’ भाषा परीक्षाको नतिजा सार्वजनिक, तीन हजार पाँच सय १७ जना उत्तीर्ण, यहाँ हेर्नुस् नतिजा

बिजमाण्डू
२०७३ साउन ११ गते ००:०० | Jul 26, 2016
‘इपिएस’ भाषा परीक्षाको नतिजा सार्वजनिक,  तीन हजार पाँच सय १७ जना उत्तीर्ण, यहाँ हेर्नुस् नतिजा

काठमाडौं  । सरकारले रोगजार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिएको कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।यसपटक लिइएको परीक्षाबाट कुल ३ हजार ५ सय १७ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाका प्रमुख डिल्लीराम बास्तोलाले पहिलोपोस्टलाई बताए।
 
आज प्रकाशित नतिजामा २१ सय ४० जना कृषि र १३ सय ७७ जना उद्योग क्षेत्रका लागि उत्तीर्ण भएका हुन्।असार ४ र ५ गते भएको परीक्षामा कुल ५७ हजार १ सय २० सामेल भएका थिए। परीक्षाको लागि आवदेन भने ६० हजार ६ सय जनाको परेको थियो।

Tata
GBIME
Nepal Life

परीक्षाको नतिजा यहाँ हेर्नुस्- www.epsnepal.gov.np