काठमाडौं । युरोपेली संघबाट वेलायत अलग भएपछि सबैभन्दा वढि मूद्रा अवमूल्यन पाउन्डको भएको छ । पाउन्डको भाउ ९ रुपैयाँ २३ पैसाले झरेको हो ।
छुट्टिने नतिजा आउनुअघि एक पाउन्डको भाउ नेपालमा १६० रुपैयाँ ६५ पैसा रहेकोमा नतिजा सार्वजनिकसँगै मूद्रा अवमूल्यन भएर १५१ रुपैयाँ ४२ पैसामा झरेको छ । युरोमा भने खासै गिरावट देखिएन ।
एक युरोको भाउ १२२ रुपैयाँ ८४ पैसाबाट झरेर १२१ रुपैयाँ ३१ पैसामा आएको छ । वेलायत अलग हुने फैसलाले अमेरिकी डलरलाई सबैभन्दा सुरक्षित मुद्राको सुचीमा फेरि पनि उभ्याएको छ । डलर १०७ रुपैयाँ ९६ पैसाबाट बढेर १०९ रुपैयाँमा उक्लिएको छ ।
स्वीस फ्रान्ङ्क, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरको भाउ पनि थोरै घटेको छ । साउदी रियाल, थाइ भाट, दिराम थोरै बढेको छ ।