काठमाडौं।नेपाल टेलिकमको मोबाइल सेवा विहान पौने घण्टा अवरुद्ध भएको छ।
टेलिकमको सिस्टममा खराबी आएर विहान सवा ६ बजेदेखि सात बजेसम्म सेवा अवरुद्ध भएको सहप्रवक्ता शोभन अधिकारीले बताए।‘सिस्टममा आएको खराबीका कारण विहान देशभरको मोबाइल सेवा अवरुद्ध भएको थियो’उनले बिजमाण्डूसँग भने,हामीले पौने घण्टामै समस्या समाधान गर्न सफल भयौं।‘यो अवधिमा डेटामा समेत चलेको थिएन।यो अवधिमा रिङटोन नगर्इ फोन काटिने,डेटा नल्ने लगायतका समस्या देखिएको थियो।